आधुनिक तरकारी खेती सम्वन्धी तालिम चापाकोटमा सम्पन्न ।

माधव भट्टराई / चापाकोट :
आधुनिक तथा व्यवसायीक तरकारी खेती सम्बन्धि तालिम चापाकोटमा सम्पन्न भएको छ ।
चापाकोटका ६,७,८,९ र १० नम्वर वडाका अगुवा कृषकहरुको सहभागितामा तालिम सम्पन्न भएको हो । तालिमको समापन गर्दै चापाकोट नगरपालिकाका प्रमुख शिव कुमार गिरिले चापाकोटलाई अर्गानिक नगर बनाउन आफहरु लागि रहेको जानकारी गराउनुभयो । कृषकले उत्पादन गरेका सबै उत्पादनलाई नगरपालीकाले व्यवस्थापन गर्ने भन्दै नगर प्रमुख गिरीले अर्गानिक र व्यवसायीक तरकारी खेतीमा लाग्न सवैलाई आग्रह समेत गर्नुभयो ।


कार्यक्रममा चापाकोट नगरपालिका प्रमुख प्रसासकीय अधिकृत मोहन श्रेष्ठ, वडा नम्वर १ का अध्यक्ष टिकाराम तिवारी ,रामु कोइराला ,शंकर भक्त भण्डारी , सुर्य माझी,बिके श्रेष्ठ लगायतले बोलेका थिए । नगर कृषि समितिका अध्यक्ष इन्द्र व शाही अध्यक्षतामा भएको कार्यक्रममा स्वागत चापाकोट कृषि शाखा प्रमुख खुमाकन्त न्यौपाने र संचालन जीबन डोटेलले गर्नु भएको थियो । तालिममा १ सय ५० जना कृषकहरुको सहभागिता रहेको थिया ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP