आँधीखोला पानी उपभोक्ता संस्था (आक्वा) को २६ औँ साधारण सभा ।
नारायण विश्वकर्मा / गल्याङ् :
आँधीखोला पानी उपभोक्ता संस्था (आक्वा) को २६ औँ साधारण सभा सम्पन्न भएको छ । गल्याङ नगरपालिका–३, लल्याङमा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा गल्याङ् –३, का वडा अध्यक्ष महेश भट्टराईले कृषिका माध्यमद्धारा गल्याङ्लाई संवृद्ध बनाउन सकिने बताउनु भयो ।
उहाँले स्याङ्जा जिल्ला जल र जमिनको खानी भएकाले सम्पुर्ण नागरिकको जीवनलाई उन्नती तर्फ धकेल्न सकिने बताउनु भयो । भट्टराईले आक्वाको विकासमा आफुले निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।
साधारण सभामा उपाध्यक्ष हेमराज अर्यालले संस्थाको प्रगति विवरण संगै भावि रणनीति प्रस्तुत गर्नु भएको थियो । संस्थाका उपाध्यक्ष हेमराज अर्यालको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सचिव प्रतिमा वस्यालले र संचालन सदस्य नारायण अधिकारी (समिर) ले गर्नु भएको थियो । संस्थामा हाल तिन जना कर्मचारी छन । संस्थाले सिंचाइको क्षेत्रमा काम गर्दै आईरहेको छ । कृषकले नगदेवाली, हिउँदेवाली तथा तरकारीबालीमा पानीको उपयोग गरिरहेका छन । केहि महिना अघि संस्थाले आलुको शित भण्डार समेत संचालनमा ल्याएको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


