विश्वकपको ज्वरो ह्वात्तै बढ्यो ! विश्वकपमा सर्वाधिक रन बनाउने यी पाँच खेलाडी
इंग्ल्याण्डमा ३० मेबाट सुरु हुने आईसीसी विश्वकपको ज्वरो ह्वात्तै बढेको छ । विश्वकपमा रन कति बन्ला भने कौतुहलता बढ्दै गएको छ ।
अहिले स्कोर बोर्डको डिजाइन नै परिवर्तन गरिएको छ । पाँच सय सम्म रन बन्न सक्ने भन्दै इंग्ल्याण्ड क्रिकेट बोर्डले स्कोरबोर्ड नयाँ नै बनाएको छ । आउनुहोस् चर्चा गरौँ विश्वकपमा सर्वाधिक रन बनाउने पाँच खेलाडीको बारेमा ।

१. सचिन तेन्दुलकर (भारत)
सचिन तेन्दुलकरकाले भारतका लागि पाँच वटा विश्वकप खेले । उनले २०११ को विश्वकप जिते पछि सन्यासको घोषणा गरेका हुन् । विश्वकपमा उनले ४५ खेल खेल्दा ६वटा शतक पनि बनाए । विश्वकपमा २ हजार २ सय ७८ रन बनाएका सचिनको सर्वाधिक स्कोर १२४ हो । उनी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा पनि छन् ।
२. रिकी पोन्टीङ (अस्ट्रेलिया)
रिकी पोन्टीङ अस्ट्रेलियाका सफल कप्तान पनि हुन् । उनले लगातार दुई पटक विश्वकप जिताएका छन् । विश्वकपमा रन बनाउने सवालमा उनी दोस्रो स्थानमा छन् । उनले १ हजार ७ सय ४३ रन बनाएका छन् । पोन्टीङले विश्वकपमा सर्वाधिक स्कोर १४० नट आउट बनाएका छन् ।
३. कुमार सांगकारा (श्रीलंका)
कुमार सांगकाराले २००३ देखि २०१५ सम्मका विश्वकप खेले । ज समा उनले ३७ खेलबाट १ हजार ५ सय ३२ रन बनाए । विश्वकपमा उनले पाँच वटा शतक पनि बनाएका छन् भन् ७ वटा अर्धशतक पनि उनकै खातामा छ । विश्वकपमा उनको सर्वाधिक स्कोर १२४ रन हो ।
४. ब्रायन लारा (वेस्ट इण्डिज)
ब्रायन लाराले विश्वकपमा १ हजार २ सय २५ रन बनाएका छन् । उनको सर्वाधिक रन ११६हो भने त्यसमा २ शतक र ७ अर्धशतक समावेश छन् । विश्वकपमा ३४ खेल खेलेका छन्
५. एबी डेविलियर्स (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिकाका एबी डेविलियर्सले विश्वकपमा २३ खेल खेले । जसमा उनले १ हजार २ सय ७ रन बनाएका थिए । उनले १६२ नट आउट रन समेत बनाएका छन् । उनले विश्वकपमा चार शतक र ६अर्धशतक बनाउँदा चार खेलमा उनी सून्य रनमै पेभेलियन फर्किएका थिए ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


