टाँडी तनावग्रस्त , प्रहरी चौकीमा ढुंगामुढा ! भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार
चितवन/आधिखोला खबर सम्बादाता

बिहीबार साँझ इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी चौकीमा तनावग्रस्त भएको छ । प्रहरी कार्यालय टाँडीमा एक जनाको मृत्यु भएपछि टाँडी तनावग्रस्त भएको हो । प्रहरीले अश्रुग्यास समेत फायर गरेको छ ।
मृत्यु हुनेमा पदमपुरका चौधरी थरका व्यक्ति रहेका छन् । चौधरीलाई प्रहरीले २ दिनअघि मात्र झै–झगडा गरेको केसमा समातेको थियो । आफन्तले चौधरीलाई प्रहरीले कुटपिट गरेर मारेको आरोप लगाएका छन् ।
मृतकका आक्रोशित आफन्तहरुले राजमार्ग बन्द गराएर इलाका प्रहरी कार्यालय टाँडीमा ढुंंगामुढा प्रहार गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो । आक्रोशित भीडले ढुंगामुढा प्रहार गर्न थालेपछि भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको जनाएको छ ।
भीडका कारण राजमार्गमा चलने सवारी चापको कारण यात्रुहरु बिचल्लीमा परेका छन् । भीड नियन्त्रणमा आएको छैन् ।
यता इलाका प्रहरी कार्यालय टाँडीका अनुसार कसैको पनि मृत्यु नभएको र आत्महत्या गर्ने कोसिस गरेको बताएको छ । आत्महत्या गर्ने कोसिस गर्ने व्यक्तिको नाम र ठेगाना प्रहरीको अनुसार फरक छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


