स्याङ्जाका सवै स्थानीयतहको आगामी बजेट “सूत्र” सफ्टवेयर मार्फत तयार गरिने ।

आँधीखोला खवर / स्याङ्जा
कोष तथा लेखा नियन्त्रण कार्यालय स्याङ्गजामा स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र को प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीयतहको आर्थिक कार्यप्रणाली र प्रशासनिक क्रियाकलापमा एकरुपता ल्यााउन तथा पारदर्शी लेखा राख्ने उद्देश्यले सरकारले सूत्र नामक सफ्टवेयर कार्यान्वयनमा ल्याएको हो ।

३ मंसिर २०७४ सालमै स्वीकृत भएको यो प्रणाली आर्थिक वर्ष २०७५÷७६ बाट देशका ७५३ वटै स्थानीयतहमा लागु गर्ने लक्ष्य रहेको थियो तर, सबै स्थानीयतहमा इन्टरनेटको अभाव, दक्ष जनशक्ति नहुनुजस्ता कारणबाट सरकारले यो प्रणाली अनिवार्य गर्न सकेको थिएन । तर, आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटभने सूत्र प्रणालीबाटै बनाउने गरी आइतबार सबै स्थानीय तहलाई पत्राचार गरिएको बताईएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय स्याङ्गजाको सभा हलमा जेस्ठ १४ गते देखि १६ गते सम्म आयोजना गरिएको प्रशिक्षण कार्यक्रम प्रमुख कोष नियन्त्रक खेमराज घिमिरे तथा लेखापाल रामचन्द्र पौडेलले सहजीकरण गर्नु भएको थियो । उक्त कार्यक्रममा स्याङ्गजा जिल्ला स्थित सम्पूर्ण स्थानीयतहका आर्थिक प्रशासन शाखा प्रमुख, योजना शाखा प्रमुख, सुचना प्रविधि अधिकृत, लेखापाल तथा कम्प्युटर अपरेटरहरुको उपस्थिति रहेको थियो । तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा प्रशिक्षण कार्यक्रम संचालन गरिएको थियो त्यस्तै वार्षिक स्वीकृत बजेट अनुमानका साथ अभ्यास गराइएको थियो ।

कुन कुन तथ्यांक राखिन्छ सूत्रमा ?
१. बजेट तर्जुमा र कार्यान्वयनमा आन्तरिक नियन्त्रणको व्यवस्था
२. बजेट प्रक्रियाका सबै चरणबाट प्राप्त नतिजालाई प्रणालीमा अभिलेख
३. सबै प्रकारका बजेटरी स्रोत, दातृ निकाय तथा निकासा विधिको अभिलेख
४ क्रियाकलापगत बजेट र बहुवर्षिय अभिलेख
५ स्वचालित प्रतिवेदनहरुको प्राप्ति ९नमुना विनियोजन ऐन, बजेट वक्तव्यकाअनुसूची, चौमासिक कार्यक्रम तथा बजेट बाँडफाँटको विवरण, विद्युतीयअख्तियारी, भुक्तानी आदेशलगायत०
६ बजेटको तयारी, अख्तियारी, संशोधन, लेखांकन, निकासा, प्रतिवेदन
–भीरकोट नगरपालिकाका आईटी अधिकृत कमल रेग्मीको सहयोगमा
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


