धम्कि पछि पत्रकारको हत्या । गोलि हानेर हत्या गरेको आसंखा ।
एजेन्सीको सहयोगमा
मेक्सिकोमा एक पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो ।
हत्या हुनु अगाडी उहाँलाई धम्की आएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका अनुसन्धानकर्ताहरुले जारी गरेको वक्तव्यमा अनुसन्धान जारी रहेको उल्लेख छ । पत्रकार फ्रान्सीस्को रोमेरो डिजको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । उहाँको शव पनि ल्याइसकिएको प्रहरीको भनाई छ ।
अनुसन्धानकर्ताहरुले पत्ता लगाएको विवरण अनुसार उहाँलाई गत अप्रिल १२ तारिखका दिन धम्की आएको थियो । सो कुरा उहाँले आफ्ना सहकर्मीहरुलाई बताउनु भएको थियो । स्थानीय समयानुसार उहाँको शव विहान ६ बजेतिर ‘ला गोट्टा’ नामक बारको बाहिर भेटिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अधिकारीहरुले घटनास्थलमा गोली हानेर उहाँको हत्या गरेको जस्तो रगत र चोटहरु देखिएको जानकारी दिएका छन् । अहिले हत्या गरिएका रोमेरो डिजसँगै सन् २०१९ को शुरुबाट अहिलेसम्ममा मेक्सिकोमा कम्तीमा पाँच पत्रकारको हत्या भईसकेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


