सुगाजस्तो देखिन यी व्यक्तिले काटे आफ्नो दुबै कानः भन्छन्, ‘धेरै अघिदेखिको सपना’

आफूले पालेका सुगाहरुजस्तो देखिन वर्षौं लगाएर प्लाष्टिक सर्जरी गराएका एक व्यक्तिले एक कदम अगाडि बढेर आफ्नो नाम मिस्टर प्यारोटम्यानमा परिवर्तन गरेका छन् ।

५८ वर्षीय टेड रिचर्ड आफूले पालेका सुगाहरु – एली, टियाका, टिम्नेह, जेक र बुबीप्रति यति आशक्त छन् कि उनले आफ्नो अनुहार र आँखामा सुगाको प्वाँखजस्तो ट्याटु बनाएका छन् ।

जनावर प्रेमी उनीको शरिरमा १ सय १० वटा ट्याटु छन् भने उनले पचास ठाउँमा प्वाल पारेका छन् । साथै उनको जिब्रो पनि चिरिएको छ । सुगाजस्तै देखिन उनले आफ्नो दुबै कान शल्यक्रिया गरी हटाएका छन् ।

टेडले आफ्नो नाम टेड प्यारोटम्यानमा परिवर्तन गरेका छन् । उनले भने, ‘मैले धेरै लामो समयदेखि यसबारे सोचिरहेको थिएँ ।’

‘किनभने म मेरा सुगाहरुसँग बाटोमा हिँडिरहेको हुन्छ र मानिसहरुले मलाई वर्षौंदेखि टेड प्यारोटम्यान भनेर चिन्ने गर्दछन् ।’

‘मेरो आमाबुवासँग कुराकानी नभएको वर्षौं भइसक्यो । उहाँहरु जीवित भए नभएकोको बारे मलाई थाहा छैन । साथै, आफन्त, दाजुभाइसँग कुराकानी नभएको पनि धेरै भइसक्यो । अहिलेको अवस्थामा मेरो परिवारसँग केही लगाव र भुकाव छैन । त्यसकारण मैले आफ्नो थर राख्नैपर्छ भन्ने छैन ।’

‘मेरो लागि मेरो वास्तविक परिवार सुगाहरु नै हुन् त्यसकारण मैले उनीहरुलाई नै सम्बोधन गरी थर परिवर्तन गरें ।’

कान काट्नु, आँखाको रङमा परिवर्तन गर्नु र खोपडीभित्र सिङ राख्नुभन्दा नाम परिवर्तन गर्नु निकै सजिलो भएको उनले बताए ।

‘आफ्नो नाम निकै सजिलै आधिकारिक रुपमा परिवर्तन भएकोमा म चकित भएँ,’ उनले भने, ‘मैले एक वेबसाइटमा लगइन गरें र दुईचार वटा क्लिकपश्चात् नै मेरो नाम परिवर्तन भयो ।’

तर बैंक अकाउन्टदेखि पासपोर्टसम्म आफ्नो नाम परिवर्तन गर्नुपर्ने काम झण्झटिलो भएको उनले स्मरण गरे ।

‘तर सबैभन्दा गाह्रो फेसबुकको अकाउन्टमा नाम परिवर्तन गर्न भयो । यसमा मुद्दा सुल्झिन वर्षौं लाग्यो ।’

जुत्ता कारखानाका अवकाशप्राप्त कर्मचारी टेडले सन् १९७६ मा पहिलो पटक ट्याटु हानेका थिए । त्यतिबेलादेखि उनले निरन्तर ट्याटु हानिरहेका छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP