ला लिगामा आज अन्तिम खेल हुँदै, बार्सिलोना र रियल मड्रिड प्रतिस्पर्धामा
स्पेनिस ला लिगा फुटबलमा आज यस सिजनका अन्तिम दुई खेल हुँदैछन् । जारी लिगको अन्तिम दुई खेलमा आज च्याम्पियन टोली बार्सिलोना र रियल मड्रिडले खेल्नेछन् । यसअघि नै लिगको उपाधि उचालेको बार्सिलोनाले इएबारसँग खेल्दैछ भने रियल मड्रिडले र रियल बेटिससँग खेल्नेछ ।
रियल मड्रिड र रियल बेटिसबीचको खेल रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुनेछ । अपराह्न ३ः४५ बजेबाट सुरु हुने उक्त खेलमा बेटिसलाई हराउने लक्ष्यका साथ मैदान उत्रिनेछ । रियल जारी लिगको तेस्रो स्थानको टोली हो भने बेटिस ११औं स्थानको टोली हो ।

यस्तै बार्सिलोना र इएबारबीचको खेल भने इएबारको मैदानमा हुनेछ । यो खेल राति ८ बजेबाट सुरु हुनेछ । यसअघि नै ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोना शीर्ष स्थानको टोली हो भने इएबार १२औं स्थानको टोली हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


