ला लिगामा आज अन्तिम खेल हुँदै, बार्सिलोना र रियल मड्रिड प्रतिस्पर्धामा
स्पेनिस ला लिगा फुटबलमा आज यस सिजनका अन्तिम दुई खेल हुँदैछन् । जारी लिगको अन्तिम दुई खेलमा आज च्याम्पियन टोली बार्सिलोना र रियल मड्रिडले खेल्नेछन् । यसअघि नै लिगको उपाधि उचालेको बार्सिलोनाले इएबारसँग खेल्दैछ भने रियल मड्रिडले र रियल बेटिससँग खेल्नेछ ।
रियल मड्रिड र रियल बेटिसबीचको खेल रियल मड्रिडको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा हुनेछ । अपराह्न ३ः४५ बजेबाट सुरु हुने उक्त खेलमा बेटिसलाई हराउने लक्ष्यका साथ मैदान उत्रिनेछ । रियल जारी लिगको तेस्रो स्थानको टोली हो भने बेटिस ११औं स्थानको टोली हो ।

यस्तै बार्सिलोना र इएबारबीचको खेल भने इएबारको मैदानमा हुनेछ । यो खेल राति ८ बजेबाट सुरु हुनेछ । यसअघि नै ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोना शीर्ष स्थानको टोली हो भने इएबार १२औं स्थानको टोली हो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


