टेलिकमको एडिएसएल इन्टरनेट स्लो छ या डिस्कनेक्ट भैरहन्छ ? यसो गर्नुहोस्
लिकमको एडिएसएल इन्टरनेट स्लो छ या डिस्कनेक्ट भैरहन्छ ? यसो गर्नुहोस्
यदी तपाईं नेपाल टेलिकमको एडिएसएल इन्टरनेट चलाउनुहुन्छ र बेलाबेलामा विभिन्न कारणले ईन्टरनेट डिस्कनेक्ट भैरहने समस्या छ भने निम्न कुराहरुमा खराबी हुनसक्छ ।
– घरमा जोडिएको मेन लाइनमा स्प्लिटर भन्दा अगाडी नै फोन जोडिएको भए फोन चलाउदा इन्टरनेट डिस्कनेक्ट हुनसक्छ ।
- इन्टरनेट चलाउँदा प्रयोग गरिने मोडेमको कारणले पनि यो समस्या उत्पन्न हुन्छ । बजारमा पाइने मोडेममा लाग्ने कम गुणस्तरको पावर एडेप्टरका कारण पनि समय समयमा इन्टरनेट डिस्कनेक्ट हुने गर्दछ । तपाईंले बढी गुणस्तरको तथा ब्राण्डेड मोडेम प्रयोग गर्नुभयो भने यो समस्या हट्नसक्छ ।
- तपाईंको घरमा जोडिएको विद्युत लाइनमा भोल्टेज कहिले कम र कहिले बढी आउने भयो भने यस्तो हुनसक्छ । साथै मोडेमको कमसल एडेप्टरका कारण पनि यो समस्या देखिन सक्छ ।
- पावर सप्लाईमा समस्या छ भने मोडेम आफैं रिस्टार्ट हुन्छ र चलिरहेको इन्टरनेट स्लो हुने र डिस्कनेक्ट हुने हुन्छ । यदि तपाईंको टेलिफोन लाईन तथा मोडेममा जोड्नका लागि प्रयोग गरिएको ज्याक तथा तार राम्रोससँग कसिएको छैन भने पनि इन्टरनेट डिस्कनेक्ट हुनसक्छ ।
यी कुराहरु विचार गरेर तपाईं आफैंले पनि देखिएको समस्या पहिचान गरी के कारणले इन्टरनेटमा समस्या आएको हो थाहा पाउन सक्नुहुन्छ । यदी गर्दा पनि तपाईंको इन्टरनेटमा देखिएको समस्या यथावत् रह्यो भने नेपाल टेलिकमको एडिएसएल शाखाको ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी जानकारी लिन सक्नुहुन्छ ।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


