कुन आँखा फरफराउदा शुभ-अशुभ कस्तो फल मिल्छ ?

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । यसका केही कारणबारे जानिराखौं :
१) थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ ।
२) धेरै मापसे गर्दा पनि आँखा फर्फराउँछ ।
३) धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ । कसरी रोक्ने त ? टन्न पानी पिउनुहोस् । पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् । अनि आँखाको मसाज गर्नुहोस् ।
आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् । एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…