स्याङ्जा स्रष्टा सदनको अध्यक्ष्यमा चर्चित गायक रामजी खाँण निर्वाचित
आँधीखोला खवर/ पोखरा
स्याङ्जा स्रष्टा सदनको पहिलो अधिबेशनबाट चर्चित गायक रामजी खांण सर्व सम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएकोछ । शनिवार पोखरामा भएको स्याङ्जाका स्रष्टाहरुको भेलाले खाँणलाई अध्यक्ष चयन गरेको हो । त्यस्तै बरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, प्रथम उपाध्यक्ष शिब हमाल तथा दित्तिय उपाध्यक्ष खुमन अधिकारीलाई चयन गरेकोछ । अधिवेशनले अर्का चर्चित कलाकार घनश्याम रिजाललाई महासचिबमा सर्वसम्मत रुपमा चयन गरेको छ । त्यस्तै उपमहासचिबमा शंकर बिरही गुरुङ, सचिबमा रमेश बाबु थापा, कोषाध्यक्ष भिमु गुरुङ,सहकोषाध्यक्ष प्रसाद लामिछाने र प्रवक्तामा निर आलेलाई चयन गरेकोछ ।

अधिवेशनले सदस्यहरु राजु गुरुङ ,सुजन लम्साल, राजन कार्की,बिक्रम गुरुङ,नर बहादुर राना सुरेश , चेतन गोतामे प्रकाश पराजुली, कमला गैरे र बत्ति थापा चयन भएका नवनिवार्चित महासचिव घनश्याम रिजालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
जनताको समस्या समाधान गर्न सरकारसँग हातेमालो गर्छु : उमेदवार ढकाल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा नेपाली काँग्रेसका तर्फबाट स्याङ्जा क्षेत्र नं.–१ मा उम्मेदवार…


