स्याङ्जा प्रहरीद्धारा ५३० लिटर घरेलु मदिरा नष्ट

२०७६।१।२२ घरेलु मदिरा नष्ट (1)

आँधीखोला खवर/स्याङ्जा:

स्याङ्जाको प्रहरीले विभिन्न स्थानबाट ५३० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्याङ्जा प्रहरीले सञ्चालन गरेको समुदाय प्रहरी साझेदारी अवैध मदिरा नियन्त्रण अभियान कार्यक्रम अन्र्तगत विभिन्न स्थानबाट ५३० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

स्याङ्जाको अर्जुन चौपारी गा.पा वडा ३ सल्यानमा प्रहरी चौकी रापाकोटबाट खटिएको प्रहरी टोलीले विभिन्न घरबाट ५०० लिटर मदिरा उत्पादन गर्ने कच्चा पदार्थ र पुतलीबाजर नगरपालिका वडा नं ३ बाट ३० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।

प्रहरीले ईन्जिनियर, पूर्व प्रहरी, पत्रकार तथा स्थानीय जनप्रतिनिधि, युवा क्लव, आमा समुह स्थानीय भद्रभलादमीहरुको  रोहवरमा बरामद गरेको मदिरा नष्ट गरेको छ ।

घरेलु मदिराको अवैध कारोबारलाई रोकथाम गर्ने समुदाय प्रहरी साझेदारी अवैध मदिरा नियन्त्रण अभियान कार्यक्रम सञ्चालन गरिएको प्रहरी उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments Box
TOP