स्याङ्जामा बसले ठक्कर दिदा पैदलयात्रीको ज्यान गयो ।
आँधीखोला खवर / स्याङजा :
स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्वर १ मा यात्रु बहाक बसले ठक्कर दिंदा पैदल यात्रुको ज्यान गएको छ । पोखराबाट बुटवलका लागि छुटेको ना ४ ख २३२२ नम्वरको बसको ठक्करबाट पुतलीबजार १३ लाम्पाटाका ७३ वर्षिय पुजा भन्ने मन बहादुर दमैको ज्यान गएको हो । दमैको उपचारको क्रममा पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजय कुमार सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भीर घाईते भएका दमैलाई जिल्ला अस्पताल स्याङजामा सामान्य उपचार गरी थप उपचारका लागि पोखरामा रहेको गण्डकी मेडिकल कलेजमा लगिएको थियो । बसका चालक फेदिखोला ३ का ५८ बर्षिय चन्द्र बहादुर रानाभाटलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


