स्याङ्जामा असिना–पानीले लाखौको अन्नबाली नष्ट ।
प्रतीक्षा काफ्ले / स्याङ्जा :
भीषण असिना पानीले ठूलो मात्रामा लगाइएको खेतीबाली नष्ट भएको गुनासो गरेका छन् । आ“धीखोला गाउ“पालिका–५ का तोयनाथ लामिछानेले असिना पानीले व्यवसायीक रुपमा लगाइएको खेती, अन्नबालीको हिनामिना भएको दुखेसो गर्नुभयो ।
‘बारीभरी लगाएको खेती हेरिसक्नु छैन’ उहाँले भन्न्ुभयो, ‘३ लाख रुपैया बराबरको खेती क्षती पुगेको छ ।’ उहाले घरमा खानको लागी मात्र नभई सधै जसो विक्री वितरणको लागि पनि खेती लगाउदै आउने गरेको बताउनुभयो । ‘तरकारीबाट राम्रो पैसा कमाई हुन्छ’ उहाँ पुनःभन्नुहुन्छ ‘घर चलाउन सजिलो हुने भएकाले बुढेसकालमा पनि तरकारी खेती गर्ने गरेको छु । असिनापानी लै एकैछिनमा सखाप पारिदियो ।’ उहाँले क्षतिपुर्तिको व्यवस्था नहुने भएकाले किसान जहिलै मर्कामा पर्ने गरेको भन्दै दुखेसो पोख्नुभयो ।

उहाँको बारीमा अहिले गोलभे“डाको खेती छ । गोलभेडाबाट मात्रै ७० हजार बराबरको क्षति पुगेको बताउदै लामिछानेले एकहलको खेतमा लगाएको मकै, घिउ सिमी, मिटर बोडी, बुटे गोलभेडा, मुला, व्याज, लसुनलगायतका खेती पुर्ण रुपमा नष्ट भएको बताउनु भएको छ । तरकारी खेतीमा पानी राख्नको लागि राखिएको एकहजार लिटर बराबरको प्लाष्टिकको पानी ट्याङ्कीसमेत फ्टेर धुजैधुजा भएको उहाँको भनाई छ ।

यसैगरी सोही ठाउ“का अनप्रसाद लामिछानेको पनि ठूलो मात्रामा तरकारी खेती नष्ट भएको बताइएको छ । बारम्बार परेको असिनापानीले क्षति पुगेको बताउदै उहाँले सरकारी तहतव्काबाट कुनै सहयोग नमिलेको गुनासो गर्नुभयो । ‘तरकारी लगायो बा“दरको उस्तै समस्या छ’ उहाँले भन्नुभयो, ‘बा“दर धपाउनको लागी त बरु दिनरात नसुतेरै भएपनि बारीमा नै बास बसिन्छ । तर, प्रकृतिलाई रोक्न सकिएन् । हेर्दाहेर्दै आ“खै अगाडी १ लाख बराबरको खेती नष्ट भयो ।’ उहाँले पनि तरकारी लगाएर जुग्ले, नागडा“डा बजारमा खपत गर्ने गरेको बताउनुभयो ।
गाउ“मा लगाइएको तरकारीले यहा“का स्थानीय बजारमा विक्री गर्न सजिलो हुने बताउदै अर्का स्थानीय देवीप्रसाद लामिछानेले पनि दुई÷तीन हल गोरु लगाएर जोतेको मकै एकै घण्टामा सखाप भएको बताउनु भयो । उनीहरुजस्तै नवनारायण लामिछाने, पुरषोत्तम लामिछाने लगायतको खेतीसमेत असिना पानीले नष्ट पारेको छ । परम्परागत रुपमा लगाइदै आएको खेती एकैछिनमा नष्ट हुदा“ अन्य खेती नभएको बताउदै तोयानाथ भन्छन्, ‘अन्य खेतीको विकल्प छैन् । बर्ष दिनलाई पुग्ने बारीमा मकै पनि एकैछिनमा सकिए । अव कसो गर्ने हो कुन्नि ?’ मुख्य खाद्यन्न बाली मकै रहेको उहाँको भनाई छ ।
मकैको बोट बढेर पनि फल नलाग्ने अवस्थामा रहेको किसानले बताए । घोगा लाग्ने बेलाका मकै हिनामिना भएकाले बस्तुभाउलाई घा“स खुवाउनुको अर्को विकल्प नरहेको बताउछन् । मकै रोपेदेखि गोडमेल र मलजल गर्दाको दुख एकैछिनमा लगिदियो भन्दै यहा“का किसान प्रकृतिसंग आक्रोशित बनेका छन् । अव पुनःमकै रोप्ने समय पनि कटिसकेको बताउदै उनीहरुले यसको ठाउ“मा पुनःअर्को खेती लगाउने योजना बनाउनुपर्ने बताए ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


