स्याङ्जाको अर्जुनचौपारीमा भलिवल प्रतियोगिता शुरु ।

आँधीखोला खवर / अर्जुनचौपारी :
स्याङ्जाको अर्जुनचौपारीमा प्रथम राष्ट्रपति तथा अध्यक्ष कप भलिबल प्रतियोगिता मंगलवारबाट शुरु भएको छ । अर्जुन चौपारी गाउँपालिकाको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य नारायण प्रसाद मरासिनीले खेल राष्ट्रको पहिचान भएको बताउनुभयो । खेलकुद मानव स्वास्थ्यको लागि अपरिहार्य तत्व भएको भन्दै गाँउपालिकाको कार्यलाई धन्वाद समेत दिनुभयो ।

प्रतियोगितामा नेकपाका जिल्ला सदस्य मोहन अधिकारी, नेपाली कांग्रेसका बोधनारायण रेग्मी, खेलकुद बिकास समिति स्याङ्जाका पुर्व कोषाध्यक्ष अर्जुन काफ्ले, गाँउपालिका उपाध्यक्ष चिनमायाँ गुरुङ, लगायतले मन्तब्य राख्नु भएको थियो । गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन प्रमुख प्रसासकीय अधिकृत पुरण गुरुङले गर्नु भएको थियो ।
प्रतियोगितामा पञ्च कन्या माबिले बिजयी शुरुवात गरेको छ । मंगलबार उद्घाटन खेलमा पञ्च कन्याले घण्टे माबिलाई पराजित गरेको हो ।
त्यस्तै जनमाबिले सितला माबिलाई, दरौ माबिले अर्जुन चौपारी चिल्डेन एकेडेमीलाई पराजित गरेकाछन् । १६ गते सम्म संचालन हुने प्रतियोगितामा गाउँपालिकाका ६ वडा र ८ माबिको सहभागिता रहेको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


