स्याङ्जाका कलाकारहरुद्धारा प्रतिष्ठानको भवन निर्माण गर्न ५१ हजार सहयोग ।

आँधीखोला खवर / काठमाण्डौं :
स्याङ्जाका कलाकारहरुको साझा संस्था स्याङ्जा स्रष्टा सदनले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको भवन निर्माणका लागि रु ५१ हजार १ सय ५ रुपैया सहयोग गरेको छ ।
स्याङ्जा स्रष्टा सदनको शुक्रवार बसेको दोस्रो बैठकले भवन निर्माणका लागि सहयोग गर्ने निर्णय गरेको सदनका महासचिव घनश्याम रिजालले जानकारी दिनुभयो ।

स्याङ्जा स्रस्टा सदनले शुक्रबार नै भवन निर्माण स्थलमा पुगेर प्रतिष्ठानका अध्यक्ष वद्री पंगेनीलाई नगद हस्तान्तरण गरेको महासचिव रिजालले जानकारी दिनुभयो । नगद हस्तान्तरणका लागि सदनका बरिष्ठ उपाध्यक्ष पशुपति शर्मा सहतिको टोली भवन निर्माण स्थल काठमाण्डौंको धापासी पुगेकोल थियो ।

समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


