स्याङ्गजाको झलुङ्गेमा कामना सेवाको ८४ औँ शाखा

आँधीखोला खवर :
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा स्याङ्गजाको वालिङ नगरपालिका–१३ झलुङ्गेमा आफ्नो ८४औं शाखा कार्यालय स्थापना गरेको छ ।
शाखा कार्यालयको वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले शुभारम्भ गर्नु भएको हो । सो अवसरमा नगर प्रमुख खाँण ग्रामिण भेगमा समेत वैङ्क तथा वित्तिय संस्थाको सहज पहुँच पुर्याउन नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनु भयो ।
सो अवसरमा बैंकका सञ्चालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोला, वालिङ १३ का वडा अध्यक्ष आनन्द पाठक लगायतले बोलेका थिए ।
कार्यक्रममा सञ्चालक बरालले व्यापार प्रवर्धनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको बताउँदै बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संक्षिप्त जानकारी दिनुभयो । काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यो सँगै ८४ वटा शाखा तथा ३९ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

काठमाडौंमा प्रधान कार्यालय रहेको कामना सेवा विकास बैंकले सोमबार वालिङ नगरपालिका वडा नं. १३ को झोलुङ्गेमा शाखा विस्तार गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजत प्राप्त राष्ट्रिय स्तरको विकास बैंककोरुपमा रहेको कामना सेवा विकास बैंकले ८४ औं शाखामार्फत झोलुङ्गेबाट सेवा शुभारम्भ गरेको हो ।
शाखा उद्घाटन गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बैंकले छरिएर रहेको पैसालाई पुँजिमा रुपान्तरण गरी उत्पादनसँग जोड्नु आजको आवश्यकता भएको बताउनुभयो ।

स्थानीय सरकारकोरुपमा रहेको वालिङ नगरपालिकाले नीति नियमहरु बनाउने र उक्त नीति नियमहरुलाई बैंक तथा बित्तीय संस्थाहरुले कार्यान्वयनको पक्षमा सहयोग गरी नगरको आर्थिक विकासलाई उचाईमा पु¥याउन हातेमालो गरिने बताउनुभयो ।

“बैंकहरुले कृषकहरुलाई सस्तो र सहुलियत दरमा ऋण उपलब्ध गराईदिनुहोला” नगर प्रमुख खाँणले भन्नुभयो, “नगरपालिकाले पनि आवश्यक सहयोगहरु बैंक बित्तीय संस्थालाई गर्छ भने बैंक बित्तीय संस्थाहरुले पनि नगरपालिकालाई सहयोग गर्नुहोस् तब मात्रै नगरको आर्थिक विकास सम्भव छ ।”

बैैंक धेरै भएर घाटा नहुने बताउँदै नगर प्रमुख खाँणले भन्नुभयो, “बैंक धेरै भए भने आर्थिक पाटो बढी चलायमान हुन्छ जुन आर्थिक विकासकालागि सहयोगी हुन्छ ।”
शाखा समुद्घाटन समारोहमा वडा नं. १३ का वडा अध्यक्ष आनन्द पाठक, वडा नं. १२ का वडा अध्यक्ष दानबहादुर गुरुङ, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले धेरै बैंक तथा बित्तीय संस्थाहरु वालिङ बजार केन्द्रीत भईरहेको अवस्थामा कामना सेवा विकास बंैंकले झोलुङ्गेमै पहिलो पटक विकास बैंक शुभारम्भ गरेकोमा खुसी ब्यक्त गर्नुभयो ।
वालिङ नगरपालिकाको वडा नंं. १२, १३, १४ र गल्याङ नगरपालिकाको वडा नं. ६ का जनतालाई बैंकिङ सेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
कामना सेवा विकास बैंकले शाखा शुभारम्भका अवसरमा ‘स्वर्णीम सुरक्षित वचत खाता’ सञ्चालन गरेको बैंकका गण्डकी प्रदेश प्रमुख तुफान भाष्करले बताउनुभयो । उहाँले खातावालाको ७ लाख सम्मको दुर्घटना बीमा, १ लाख सम्मको स्वास्थ्य बीमा गरिदिने योजना अगाडि सारेको बताउनुभयो ।
हालसम्म ८४ वटा शाखा तथा २७ वटा एटिमबाट सेवा प्रवाह गरेको बैंकले यही आर्थिक वर्षभित्रमा २० वटा शाखा थप गरी कुल १०४ वटा पु¥याउने गरी तयारी गरिरहेको प्रदेश प्रमुख भाष्करले बताउनुभयो ।
कामना सेवा विकास बैंक सञ्चालक समितिका सदस्य बलराम बरालको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन वालिङ शाखाका प्रमुख महेश गौतमले र स्वागत गण्डकी प्रदेश प्रमुख तुफान भाष्करले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP