सवारी ब्यवस्थापन एवं दुर्घटना न्युनिकरण गराउन स्याङ्जा प्रहरी सक्रिय

२०७६।०१।२२ गते सडक दुर्घटना न्यूनिकरण कार्यक्रम फोटो (5)

कला राना/वालिङ :

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सवारी ब्यवस्थापन एवं दुर्घटनान्युनिकरण सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरेको छ । जिल्ला प्रहरी, जिल्ला ट्राफिक प्रहरी कर्यालयको आयोजना तथा पुतलिबजार नगरपालिकाको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा पुतलिबजार नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीले दुर्घटना न्युनिकरणका लागि समन्वयात्मक रुपमा सबैले ब्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख महेश पुरी, उद्योग बाणिज्य संघका अध्यक्ष बिक्रान्त कुमार श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष ओम प्रकाश शर्मा, वडा नं ४ का अध्यक्ष ओम बहादुर खड्का, चेम्बर अफ कर्मशका बरिष्ठ उपाध्यक्ष श्री बहादुर गुरुङ्, प्याब्सन सचिब राजेन्द्र गोदार, प्रहरी नायब उपरिक्षक नबिन कृष्ण भण्डारी लगायतले मन्तब्य राख्नु भएको थियो । जिल्ला प्रसासन कार्यालयका प्रसासकिय अधिकृत यादब राज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ट्राफिक प्रमुख रेशम रानाभाटले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP