श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सम्पन्न

Tapu mahayegya-1

कला राना / वालिङ :

वालिङ नगरपालिका वडा नं. ११ को टापु भञ्याङ राष्ट्रिय माविमा सञ्चालित श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सम्पन्न भएको छ ।

प्राविधिक शिक्षा सञ्चालनका महायज्ञको आयोजना गरिएको हो । महायज्ञको समापन गर्दै पुर्व सांसद मोहन पाण्डेले जुन उद्देश्य राखेर महायज्ञ गरिएको सोही कार्यमा संकलित रकम उपयोग गर्न आग्रह गर्नुभयो । विद्यालयमा प्राविधिक शिक्षालय सञ्चालन तथा आवश्यकव पुर्वाधार विकासका लागी आँफू प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले मुलुकमा व्याप्त बेरोजगारी समस्याको समाधन गर्नका लागी प्राविधिक तथा सिपयुक्त शिक्षा नै आवश्यक रहेको बताउनुभयो । साथै उहाँले आँधीखोला स्याङ्जाको पहिचान भएकाले आँधीखोला हाईड्याम्पका लागी आँफू सांसद हुँदा कुरा उठाएको स्मरण गर्नुभयो ।

कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनालले गाँउगाउँमा प्राविधिक शिक्षालय स्थापना हुँदा अध्ययनकै लागी बाहिर जानुपर्ने बाध्यताको अन्त्य भई स्वोरोजगार सृजना हुने बताउनुभयो । कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारी, कागे्रस महासमिति सदस्य श्याम बस्याल, गल्याङ ३ का अध्यक्ष महेश भट्टराई, जनकराज तिवारी, वालिङ नगरपालिका लेखा प्रमुख ज्ञानप्रसाद अर्याल, लगायतले बोल्नुभएको थियो ।

महायज्ञको शुभारम्भका अवसरमा देखिएको शोभायात्रा

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष यामलाल शर्मापंगेनी र सञ्चालन हेमराज अर्यालले गर्नुभएको थियो । २०१९ सालमा स्थापना भएको सो विद्यालयमा हालसम्म कक्षा १० सम्म अध्ययन हुने गरेको छ । महायज्ञमा पण्डित ऋषिकेश पोख्रेलले कथा वाचन गर्नुभएको थियो ।

Facebook Comments Box
TOP