श्रीमदभागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सम्पन्न
कला राना / वालिङ :
वालिङ नगरपालिका वडा नं. ११ को टापु भञ्याङ राष्ट्रिय माविमा सञ्चालित श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सम्पन्न भएको छ ।

प्राविधिक शिक्षा सञ्चालनका महायज्ञको आयोजना गरिएको हो । महायज्ञको समापन गर्दै पुर्व सांसद मोहन पाण्डेले जुन उद्देश्य राखेर महायज्ञ गरिएको सोही कार्यमा संकलित रकम उपयोग गर्न आग्रह गर्नुभयो । विद्यालयमा प्राविधिक शिक्षालय सञ्चालन तथा आवश्यकव पुर्वाधार विकासका लागी आँफू प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले मुलुकमा व्याप्त बेरोजगारी समस्याको समाधन गर्नका लागी प्राविधिक तथा सिपयुक्त शिक्षा नै आवश्यक रहेको बताउनुभयो । साथै उहाँले आँधीखोला स्याङ्जाको पहिचान भएकाले आँधीखोला हाईड्याम्पका लागी आँफू सांसद हुँदा कुरा उठाएको स्मरण गर्नुभयो ।

कार्यक्रममा भीरकोट नगरप्रमुख छायाराम खनालले गाँउगाउँमा प्राविधिक शिक्षालय स्थापना हुँदा अध्ययनकै लागी बाहिर जानुपर्ने बाध्यताको अन्त्य भई स्वोरोजगार सृजना हुने बताउनुभयो । कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारी, कागे्रस महासमिति सदस्य श्याम बस्याल, गल्याङ ३ का अध्यक्ष महेश भट्टराई, जनकराज तिवारी, वालिङ नगरपालिका लेखा प्रमुख ज्ञानप्रसाद अर्याल, लगायतले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष यामलाल शर्मापंगेनी र सञ्चालन हेमराज अर्यालले गर्नुभएको थियो । २०१९ सालमा स्थापना भएको सो विद्यालयमा हालसम्म कक्षा १० सम्म अध्ययन हुने गरेको छ । महायज्ञमा पण्डित ऋषिकेश पोख्रेलले कथा वाचन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


