व्युटिसियनहरुका लागि विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न
शुष्मा वोस्ती/वालिङ :
वालिङ तथा आसपासका क्षेत्रमा कार्यरत व्युटिसियनहरुका लागि व्राईडर मेकअप विशेष तालिम प्रदान गरिएको छ । व्युटिसियनहरुलाई पछिल्लो चरणको वृहत खालको मेकअपमा दक्ष वनाउने उद्देश्यले वालिङमा तालिम सञ्चालन गरिएको हो ।
तालिमको समापन गर्दै वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँणले शीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । नगरपालिकाले व्यवशाय गर्न चाहनेहरुका लागि आवश्यक सहयोग गर्ने योजना बनाईरहेको जानकारी दिनुभयो ।

तालिमको समापन कार्यक्रममा आँधीखोला टेक्निकल एन्ड एजुकेशन कलेजका अध्यक्ष गुमानसिंह राना,सञ्चालक दिपक लम्साल,प्रिन्सीपल भिमलाल भटराई,प्रशिक्षक पुनम श्रेष्ठ, कार्यक्रम सयोजक पुष्पा अर्याल, सहभागी व्युटिशियन कल्पना आले लगायतले तालिम व्यवहारिक हुने वताएका थिए ।
आँधीखोला टेक्निकल एन्ड एजुकेशन कलेजको आयोजनामा एक हप्ते व्राईडर मेकअप विशेष
तालिममा भोकेस्नल ट्रेनिङ च्यारिटेवल ट्रष्ट भिटिसी वेलायतबाट मेकअपमा तेस्रो लेभल उत्तिण गरेकी पुनम श्रेष्ठले प्रशिक्षण दिनुहुने कलललेजले जनाएको छ । तालिममा २२ जना व्युटिसियनहरुको सहभागिता रहेको कार्यक्रम संयोजक पुष्पा अर्यालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


