वृद्धभत्ता एकहजार बढाइयो

काठमाडौं । सरकारले वृद्धभत्ता एकहजार बढाएको छ । अहिलेसम्म वृद्धभत्ताबापत मासिक दुईहजार प्राप्त गर्दै आएका ७० वर्ष पूरा भएका वृद्धले अब मासिक तीनहजार भत्ता प्राप्त गर्नेछन् भने एकल महिलाका लागि मासिक एकहजार भत्ता थप गरिएको छ । ६० वर्ष पूरा भएका एकल महिलालाई सरकारले यसअघि उपलब्ध गराउँदै आएको भत्तामा एकहजार थप गरेको जनाएको छ ।
आर्थिक वर्ष २०७६–७७ को बजेटमार्फत यो व्यवस्था गरिएको हो ।

Facebook Comments Box
TOP