वालिङका अटो चालकलाई ट्राफिक प्रहरीको प्रशिक्षण ।

आँधीखोला खवर / वालिङ :
वालिङमा सञ्चालनमा आएका अटो रिक्साका चालकहरुलाई प्रशिक्षण दिएको छ । ट्राफिक प्रहरी पोष्ट वालिङले अटो रिक्साहरुलाई व्यवस्थित गर्न भन्दै चालकलाई प्रशिक्षण दिएको जनाएको छ । कार्यक्रममा ट्राफिक प्रहरी पोष्ट वालिङका ईन्चार्ज तेज बहादुर रावलले चालकहरुलाई राजमार्गमा अटो रिक्सा नचलाउन सचेत बनाउनु भयो । उहाँले विना लाईसेन्स अटो चलाउन नपाईने भन्दै यदी चलाएकोे पाईएमा कानुन अनुशार कारवाही गर्ने चेतावनी दिनुभयो ।

चालक प्रशिक्षण लिन गए पछि वालिङ खेलमैदानमा पार्किङ गरिएका अटो रिक्साहरु ।

ट्राफिक प्रहरीले अटोमा ३ जना मात्रै यात्रु राख्न र चालक बस्ने सिटको दाँया÷वाँया यात्रु नराख्न निर्देशन दिएको छ त्यस्तै राती आठ बजे पछि अटो नचलाउन तथा दाँया पट्टी छेकवार लगाउन निर्देशन दिएको हो । नगरपालिकासँग अनिवार्य रुपमा रुट परमिट लिएर मात्रै अटो चलाउन आग्रह गर्दै ईन्चाज रावलले नियमको पूर्ण पालना भएमा मात्रै दुर्घटना रोक्न सकिने जानकारी दिनुभयो । कार्यक्रमा ट्राफिक प्रहरी हवल्दार शंकर रिमालले ट्राफिक नियमका विविध पक्षका वारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा विशेष परिस्थिती बाहेकको अवस्थामा राती आठ वजे पछि अटो चलाउन प्रहरीले रोक लगाएको जानकारी गाराएइको थियो । कार्यक्रममा वालिङमा सञ्चालित ५० भन्दा धेरै अटो रिक्सा चालकहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP