लक्ष्मी वैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
टिकाराम अधिकारी/गल्याङ :
लक्ष्मी बैंक गल्याङ्ग शाखाले स्याङ्जाको गल्याङ नगरपालिका— ७ पटकाङ्गमा एक दिने वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रममा कालीका आधारभूत विद्यालयका प्रधानाध्यापक ज्ञान प्रसाद अधिकारी र शिक्षक श्याम प्रसाद भट्टराईले बैंकले ग्रामिण क्षेत्रमा आफ्नो सेवा सुविधाका बारेमा आम जनसमुदायलाई जानकारी दिनु राम्रो पक्ष भएको बताभयो । कार्यक्रममा बैंकले वित्तिय कारोबार गर्न तरिका, वित्तिय कारोबार गर्दाको फाइदा, जनताको गुनासो र बैकिङ्ग कार्य गर्दा हुने समस्याको बारेमा जानकारी गराएको थियो ।
गल्याङ्ग शाखाका प्रबन्धक मणि प्रसाद बस्यालले बैकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गरि रहेको जानकारी दिनुभयो ।
गल्याङ नगरपालिका वडा नं ७ का वडा सदस्य तोलाकान्त्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी सागर काफ्लेले सञ्चालन गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


