रिडीमा बृहत् कलस पुजन महायज्ञ हुँदै

आँधीखोला खवर/ रिडी :
स्याङ्जा, पाल्पा र गुल्मी जिल्लाको संगमस्थल एवं पवित्र तिर्थस्थल रुरु क्षेत्र रिडीमा आगामी फागुन महिनामा हुने बृहत कलशपुजन महायज्ञको तयारी स्वरुप संकल्प पुजा सम्पन्न भएको छ । महायज्ञ सहज रुपमा सम्पन्न गर्न आध्यात्मीक शक्ति प्राप्तिका लागि आयोजना गरीएको संकल्प पुजा बैदीक धर्म परिषदका केन्द्रिय अध्यक्ष लोकनाथ खरालले गराउनु भएको थियो । कालिगण्डकी यात्रा नेपालको आयोजनामा हुने सो महायज्ञको उदेश्य प्रकृति र सस्कृती को संरक्षण एवं शान्ती र सहज जीवन यापनका लागि आयोजना गरिएको संस्थाका अध्यक्ष नबिन पाण्डेले जानकारी दिनुभयो ।
धेरै पैसा दिए धेरै धर्म प्राप्त हुने र थोरै पैसा दिए थारै धर्म प्राप्त हुने जस्तो गरी महायज्ञहरु सञ्चालन हुने गरेका कारण मानिसमा धर्म संस्कृति प्रति नै वितृष्णा जाग्न थालेको भन्दै अध्यक्ष पाण्डेले आफुहरुले कसैसँग एक रुपयाँ पैसा नमागिकन महायज्ञ सञ्चालन गर्न लागेको बताउनु भयो । उहाँले भन्नुभयो–‘महायज्ञको उदेश्य मानिसको नैतिकतामा परिवर्तन ल्याउने हुनु पर्छ न कि भौतिक निर्माण । महायज्ञको माध्यमबाट वैदीक सनातन संस्कृतिमा आधारित हाम्रा संस्कारहरुलाई पुनर्जागरण गर्नु हो पाण्डेले थप्नुभयो ।


नेपाल भूमि प्रकृति र संस्कृतिको सुन्दरता र सम्पदाले भरीपुर्ण रहेको भन्दै अध्यक्ष पाण्डेले मुलुकको विकासका लागि प्रकृति र संस्कृतिको संरक्षण,संवद्र्धन र प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको सन्दर्भमा आर्थिक उन्नति गर्ने मूल आधार भनेकै पर्यटन व्यवसाय भएको बताउदै उनले महायज्ञको माध्यमबाट कालिगण्डकी नदिको आध्यात्मीक महत्व र त्यस क्षेत्रमा रहेका प्राकतीक मनोरमस्थल तथा तिर्थस्थलहरुको उजागर गर्नुकासाथै त्यसको प्रचार प्रसार गर्नु महायज्ञको उदेश्य रहेको उहाँले जानकारी दिनुभयो ।

सामाजिक काम गर्नका लागि सबै दानबीरहरुलाई अधिकार छ गर्न सक्नुहुन्छ तर महायज्ञमा पैसाको होडबाजी गर्नु राम्रो होइन उहाँले भन्नुभयो–‘महायज्ञमा जाने आफ्नो इज्जत जोगाउन सकि नसकि दान दिने,माला लगाउने,प्रमाण पत्र लिने होडबाजी गर्ने जस्तो धर्मको नाउमा हुने त्यस्ता बिकृतिजनित क्रियाकलापको अन्त्य गर्नु पनि महायज्ञको उदेश्य रहेको छ । गर्ने र मन हुनेले स्कुल, कलेज,बाटोघाटो निर्माण गर्ने अस्पत्ताललाई सहयोग गर्न सकिन्छ । तर वैदीक सनातन संस्कृतिको मूल आधार महायज्ञलाई पैसाको होडबाजी गरेर भड्किलो बनाउदै जादा संस्कृति,संस्कार र जिवननै धरापमा पर्दै गएको उहाँको बिस्लेषण छ ।

महायज्ञले पछिल्लो समयमा धर्मका नाममा भए गरेका गलत प्रबृत्ति र भ्रमहरुलाई चिर्ने र समाजमा हाम्रो वैदीक सनातन संस्कतिमा आधारीत जीवन उपयोगि संस्कारलाई पुन जागरण गर्दै हामिसँग प्राप्त प्राकृतिक एवं आध्यात्मीक सम्पदाहरुलाई उपयोग गरी जिवनलाई सहज,सरल र आनन्दमय बनाउने विस्वास आयोजकको रहेको छ । महायज्ञ सम्पन्न गर्न परशुराम भट्टराईको संयोजकत्व र ज्ञानहरी ज्ञवालीको सह संयोजकत्वमा कार्यक्रम संयोजन समिति,कोषाध्यक्ष ज्ञानहरी ज्ञवालीको संयोजकत्व र नरबहादुर रानाको सह संयोजकत्वमा आर्थिक समिति,संस्थाका पदेन सदस्य रामलाल बिक को संयोजकत्व र कमल रानाको सह संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको छ भने गुरुप्रसाद ज्ञवालीको संयोजकत्वमा व्यवस्थापन समिति,धना रानाको संयोजकत्व र बसन्ता ज्ञवालीको सह संयोजकत्वमा महिला तथा आमा समूह समिति गठन भएको आयोजक कालिगण्डकी यात्रा नेपालले जनाएको छ ।

Facebook Comments Box
TOP