रामनदीधाम राम्दीमा संस्कृत गुरुकुल विद्यालयको उद्घाटन
कला राना
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीमा संस्कृत गुरुकुल विद्यालयको उद्घाटन भएको छ । गल्याङ नगरपालिका – १ राम्दीमा आधारभूत तह कक्षा ६ देखि ८ सम्मको श्री रामनदीधाम संस्कृत विद्यालयको उद्घाटन भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीले पछिल्लो समय संस्कृति छोड्दै गएर राष्ट्रियता कमजोर भएको बताउनुभयो ।
उहाँले सकारात्मक सोँचका साथ काम गरे जस्तोसुकै काम पनि सहज तरिकाले गर्न सकिने बताउनुभयो । उहाँले संस्कृत विद्यालयको लागि तत्काल २ लाख रुपैयाँ खाद्यान्न सहयोगको लागि नगरपालिकाले प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उद्घाटन समारोहमा गल्याङ नगरपालिका वडा नं. १ का अध्यक्ष गणेश प्रसाद बस्यालले संस्कृत विद्यालयलाई राम्रो र व्यवस्थित बनाउन वडा कार्यालयले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा संस्कृत विद्यालयका अभियन्ता चैतन्यकृष्ण प्रभुले वैज्ञानिक परम्परालाई अगाडि लैजान गुरुकुल विद्यालयको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । गुरुकुल विद्यालय उद्घाटन कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख केदार आचार्यले विद्यालय स्थापना संस्थागत विकास भएकोले संस्थामा प्रवेश गरेपछि सफल बनाउने अभियान पनि सँँगै चलाउनुपर्ने बताउनुभयो ।
गुरुकुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालको अध्यक्षतामा र गुरुकुल विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद बस्यालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


