रामनदीधाम राम्दीमा संस्कृत गुरुकुल विद्यालयको उद्घाटन

Gurukul pic

कला राना
स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ राम्दीमा संस्कृत गुरुकुल विद्यालयको उद्घाटन भएको छ । गल्याङ नगरपालिका – १ राम्दीमा आधारभूत तह कक्षा ६ देखि ८ सम्मको श्री रामनदीधाम संस्कृत विद्यालयको उद्घाटन भएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीले पछिल्लो समय संस्कृति छोड्दै गएर राष्ट्रियता कमजोर भएको बताउनुभयो ।

उहाँले सकारात्मक सोँचका साथ काम गरे जस्तोसुकै काम पनि सहज तरिकाले गर्न सकिने बताउनुभयो । उहाँले संस्कृत विद्यालयको लागि तत्काल २ लाख रुपैयाँ खाद्यान्न सहयोगको लागि नगरपालिकाले प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उद्घाटन समारोहमा गल्याङ नगरपालिका वडा नं. १ का अध्यक्ष गणेश प्रसाद बस्यालले संस्कृत विद्यालयलाई राम्रो र व्यवस्थित बनाउन वडा कार्यालयले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा संस्कृत विद्यालयका अभियन्ता चैतन्यकृष्ण प्रभुले वैज्ञानिक परम्परालाई अगाडि लैजान गुरुकुल विद्यालयको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । गुरुकुल विद्यालय उद्घाटन कार्यक्रममा गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख केदार आचार्यले विद्यालय स्थापना संस्थागत विकास भएकोले संस्थामा प्रवेश गरेपछि सफल बनाउने अभियान पनि सँँगै चलाउनुपर्ने बताउनुभयो ।

गुरुकुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालको अध्यक्षतामा र गुरुकुल विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद बस्यालको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments Box
TOP