राङ्खोलाको सिद्धबाबा बहुउदेश्यीय पुतलसहकारीले बार्षिकोत्सव मनायो ।
आँधीखोला खवर/ स्याङ्जा :
पुतलीबजार नगरपालिका वडा नं. १० राङ्खोला स्थित सिद्धबाबा बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको १२ औं बार्षिकोत्सव विहिवार सम्पन्न भएको छ । बार्षिकोत्सवको उदघाटन गर्दै बजार ब्यवस्थापन समितिका अध्यक्ष किशोरकुमार श्रेष्ठले सहकारी लक्षित उदेश्य र लक्ष्य अनुरुप काम गर्नु पर्ने बताउदै सहकारी सेवामुलक बन्नु पर्ने बताउनुभयो । कार्यक्रममा सल्लाहकार खेमराज अर्याल, संचालक समितिका सदस्य लक्ष्मी श्रेष्ठ, भूतपूर्व सैनिक संगठनका अध्यक्ष समबहादुर गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सहकारीका अध्यक्ष बिनोदकुमार श्रेष्ठको अधयक्षतामा सम्पन्न कार्यक्रममा प्रवन्धक खेमबन्धु अर्यालले सहकारीका प्रगतीका बारेमा जानकारी गराउनुभएको थियो भने कोषाध्यक्ष मुक्तबहादुर रानाले स्वागत एवं सचिव बद्रीमान श्रेष्ठले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


