युवा परिचालनको खर्च मृगौला पिडितलाई ।
आँधीखोला खवर / वालिङ :
गत माघमा सम्पन्न वालिङ महोत्सव २०७५ मा युवा तथा स्वयमंसेवक परिचालनका लागि छुट्याईएको रकम मृगौला पिडित शिक्षकलाई सहयोग प्रदान गरिएको छ । महोत्सव सभ्य रुपमा सम्पन्न गर्नका लागि गोविन्द तिवारीको संयोजकत्वमा १५ सदस्यीय स्वयंसेवक तथा युवा परिचालन समिति गठन गरिएको थियो ।

गठित समितिले महोत्सव सफल पार्नका लागि युवाक्लबबाट ५ जनाका दरले परिचालन गरेको थियो । ति स्वयमंसेवक तथा युवाहरुका लागि खाजा खर्च भनी छुट्याईएको रकम वालिङ १ रामबाच्छाका शिक्षक केवी गुरुङलाई उपचारार्थ सहयोग गरिएको समितिका सदस्य धु्रव पंगेनीले बताउनुभयो । दुवै मृगौला पिडित शिक्षक गुरुङको काठमाडौमा उपचार भईरहेको छ । सर्पोट फर केवी सर अभियानका संयोजक टिकराज गुरुङलाई बैंकमा जम्मा गरिएको भौचर प्रदान गरिएको पंगेनीले बताउनुभयो ।
वालिङ महोत्सव वालिङ् उद्योग वाणिज्य संघको आयोजनामा भएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


