‘मेस्सीको बालोन डी‘ओर जित्ने सम्भावना न्यून’
इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडका पूर्वप्रशिक्षक जोसे माउरिन्होले बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनी खेलाडी लियोनल मेस्सीको सन् २०१९ को बालोन डी‘ओर जित्ने सम्भावना न्यून रहेको बताएका छन् ।
उनले हालसालैको एक अन्तरवार्तामा यस सिजनको प्रतिष्ठित अवार्ड बालोन डि’ओर जित्नेमा आशंका व्यक्त गरेका हुन् । माउरिन्होले पाँच पटकका बालोन डी‘ओर विजेतासमेत रहेका मेस्सीले बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलबाटै बाहिरिएको कारण सम्भावना न्यून रहेको बताएका हुन् ।

उनले च्याम्पियन्स लिग नै बालोन डी‘ओरको ठूलो आधार रहेको बताउँदै भने, ‘मेस्सीको सम्भावना न्यून छ । किनकी, उनी च्याम्पियन्स लिगमा असफल भए । च्याम्पियन्स लिग नै बालोन डी‘ओरको ठूलो आधार हो ।’
फुटबल जगतकै सर्वाधिक प्रतिष्ठित मानिने अवार्ड ब्यालोन डी‘ओर मेस्सी र उनका खास प्रतिस्पर्धी क्रिष्टियानो रोनाल्डोले समान ५–५ पटक हात पारेका छन् । यसपाली पनि यी दुवै स्टारलाई यस अवार्डको दाबेदार मानिएको छ । खास गरी रोनाल्डोको टोली युभेन्टस च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिएपछि मेस्सीलाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ ।
तर, माउरिन्हो भने यो मान्न तयार छैनन् । उनले लिभरपुलसँग हार्दै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएपछि मेस्सीको सम्भावना न्यून भएको दाबी गर्छन् ।
मेस्सी यो सिजन युरोपका टप–५ लिगका सर्वाधिक गोलकर्ता खेलाडी हुन् । उनले यस सिजन सबैखाले प्रतियोगिता गरेर ४८ गोल गरेका छन् । उनले बार्सिलोनालाई ला लिगाको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका छन् भने बार्सिलोनालाई कोपा डेल रे फुटबलको फाइनलमा पुर्याएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


