मेस्सीको कप्तानीमा अर्जेन्टिनी फुटबल टोली घोषणा
कोपा अमेरिका कपका लागि लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । अर्जेन्टिनाले घोषणा गरेको २३ सदस्यीय टिम निकै बलियो देखिएको छ ।
टिममा कप्तान मेस्सीसँगै विश्वचर्चीत खेलाडीको बाहुल्यता रहेको छ । फरवार्ड लाइनमा मात्रै स्पेनिस ला लिगा फुटबलको उपाधि दिलाएका कप्तान मेस्सी, इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका सर्जियो अग्युरो र इटालियन सिरी ए को उपाधि दिलाएका पाउल डिबाला परेका छन् ।
विश्वकप २०१८ पछि पहिलो पटक सर्जियो अग्युरो टिममा पर्न सफल भए । गोलकिपरमा फ्रान्को अरमानी, स्टेबन एन्ड्रडा र अगस्टिन मारचसिन परेका छन् ।
यस्तै डिफेन्डर जुआउन फायथ, निकोलस वटामेन्डी, जर्मन पजेला, निकोलस टाग्लिफिको, रमिरो फुनेस मोरी, रेन्जो सराभिया, मार्कुस अकुना र मिल्टन कस्को टिममा परेका छन् ।
मिडफिल्डर लेन्ड्रो परेन्डेस, गुइडो रोड्रिगुएज, गिओभानी लो, एक्सपीसिएल पालासिओस, रोबर्टो पेरेरा, रोड्रिगो डि पाउल र एन्जल डि मारिया पनि टिममा परेका छन् ।
फरवार्ड लाउटारो मार्टिनेज, म्याटिस सुआरेज पनि २३ सदस्यीय टिममा पर्न सफल भएका छन् । एजेन्सी
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


