ब्यवस्थित पशु बधशाला र स्वच्छ मासु उत्पादन तथा प्रशोधन तालिम
तोलाकान्त बगाले / वालिङ, १९ बैशाख :
वालिङमा ब्यवस्थित पशु बधशाला र स्वच्छ मासु उत्पादन तथा प्रशोधन सम्बन्धी तीन दिने बिहीबार सकिएको छ ।
वालिङ नगर कार्यपालिकाको पशु सेवा शाखाको आयोजनामा मंगलबारबाट शुरु भएको तालिममा वालिङ नगरपालिका भित्रका मासु ब्यवसायी, फ्रेस हाउसका सञ्चालकहरु गरी ४० जनाको सहभागिता रहेको थियो ।
तालिमको समापन गर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले मासु ब्यवसायीहले वालिङ नगरपालिका भित्रै उत्पादन भएका मासुजन्य एवम् स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिन अनुरोध गर्नुभयो ।
“सकेसम्म वालिङभित्रै उत्पादन भएका स्थानीय उत्पादनहरुलाई पहिलो प्राथमिकता दिनुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “यहाँको उत्पादनले नपुग्ने अवस्था आएमा मात्रै बाहिरबाट आयात गरिएका उत्पादनको प्रयोग गर्नुहोस् ।”
ब्यवसायीहरुले आँफूले सञ्चालन गरेको ब्यवसायलाई बढीभन्दा बढी स्तरीय, स्वच्छ र सफा गर्न पनि आग्रह गर्नुभयो । उहाँले वालिङमा नगरपालिका, मासु ब्यवसायी समिति तथा अन्य संघ संस्थाको लगानीमा स्टर हाउस निर्माण गरु थप ब्यवस्थित गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले तीन दिने तालिममा सिकेका सीपलाई दैनिक ब्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
उहाँले ब्यवसायिक सफलताका लागि पूर्ण प्रतिबद्ध भएर लाग्न आग्रह गर्दै नगरपालिकाले आगामी दिनमा थप सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले वालिङ नगरपालिका स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको अवस्थामा मासु ब्यवसायीहरु पनि स्मार्ट तरिकाले लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मासु ब्यवसायी संघ वालिङका अध्यक्ष दिपक गिरीले तालिममा सिकेका सीपलाई दैनिक ब्यवहारमा उतार्ने प्रतिबद्धता ब्यक्त गर्दै तालिम निक्कै उपयोगी भएको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र, एप्रोन, टोपी, पञ्जा लगायतका सहयोगी सामग्रीहरु प्रदान गरिएको वालिङ नगरपालिकाका पशु सेवा शाखाका प्रमुख हुमनारायण श्रेष्ठले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


