बालसिद्ध माविले गाँउ मै चलायो आफ्नै बस ।
आँधीखोला खवर/केवरे :
स्याङ्जाको वालिङ नगरपालिका वडा नं ७ केबरेको बालशिद्ध माविले बस सञ्चालनमा ल्याए पछि विद्याथीहरुको सङ्ख्यामा वृद्वि भएको छ ।
२०३२ सालमा मावि सञ्चालन ल्याएसँगै विद्यालयले निःशुल्क शिक्षा प्रदान गर्दै आएकोछ पछिल्लो पटक विद्यालयले डिप्लोमा तह सम्म कै शिक्षा निःशुल्क प्रदान गर्दै आएको छ ।
भारत सरकारले गणतन्त्र दिवसको अवसर पारेर स्कूललाई बस प्रदान गरेपछि विद्यालयमा पढ्न आउने विद्यार्थीको सङ्ख्यामा वृद्वि भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीकान्त रेग्मीले जानकारी दिनुभयो । बस सञ्चालनमा ल्याएसँगै झण्डै सय जना विद्यार्थी थपिएका अध्यक्ष रेग्मीको भनाईछ ।

उहाँले गल्याङ नगरपालिका तथा चापाकोट नगरपालिकाका छिमेकी वडाहरुबाट समेत विद्यार्थीहरु आउने गरेको जानकारी दिनुभयो । बस सञ्चालनमा आएपछि विद्यार्थीहरु विद्यालय आउन सहज भएको बिद्यार्थीहरुले बताएकाछन् ।
बिद्यार्थीहरु दौडधुप गरी बिद्यालय आउनु पर्ने समस्यको निकारण भए पछि विद्यार्थीहरुको पढाईको स्तर वढ्ने विश्वास लेखा शिक्षक भूपराज अर्यालको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य गौं बहादुर गुरुङ्ले भन्नु भयो स्थानीयबासी अभिभावक राजनीतिक दल सवैको साथ र सहयोगले विद्यालयलाई उत्कृष्ट बनाउन सफल भएकाछौं ।
आफूहरु नमुना विद्यालय बनाउने अभियानमा जुटेको सदस्य गुरुङको भनाईछ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


