बढ्यो कर्मचारीको तलब
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् ।
राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत हुने गरी वृद्धि गरिएको तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ ।
यससँगै खरदारदेखि नायव सुब्बासम्मका कर्मचारीको तलब २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मका कर्मचारीको तलब १८ प्रतिशत बढेको छ ।
अंकमा हिसाब गर्दा सबैभन्दा कम खरदारको ४ हजार ४३४ तथा मुख्य सचिवको तलब ९ हजार ९३६ रुपैयाँ बढेको छ ।
बढेको तलब जोड्दा खरिदारको तलब २६ हजार ६०४ तथा मुख्य सचिवको तलब ६५ हजार १३६ पुग्छ ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


