फेदीखोलामा प्राबिधिक महाबिद्यालय निर्माणका लागि सर्भे शुरु ।
आँधीखोला खवर / फेदीखोला :
गण्डकी प्रदेश सरकारले स्याङजाको फेदीखोलामा निर्माण गर्न लागेको प्राबिधिक महाबिद्यालय निर्माणका लागि सर्भे गर्ने काम शुरु भएकोछ । पश्चिमाञ्चल इन्जिनियर कलेजका प्रमुखको नेतृत्वमा १० जना प्राबिधिक सहितको टोलीले सर्भेको कार्य शुरु गरेको फेदीखोला गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो ।

फेदीखोला १ गुर्दुममा १६ सय ५८ रोपनी जग्गामा निर्माण गरिने प्राबिधिक महाबिद्यालयमा इन्जिनियरिङ, बन, स्वास्थ्य लगायतका बिधामा अध्ययन हुने गण्डकी प्रदेश सरकारले जनाएकोछ । गुर्दुममा प्रशासनिक भवन, कक्षा, ल्याब, खेलमैदान, अडिटरियम हल, ५०० जनाको क्षमता भएको होस्टल, अथिती गृह, पार्क लगायतको स्टिमेट डिजाइनको तयारी भईरहेको फेदीखोला गाँउपालिकाका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । उहाँले फेदीखोला छिट्टै एजुकेशनल हब बन्ने बताउनुभयो ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


