प्रदेश सांसद मल्लको पहलमा दामाचौर-हिलामराङ्ग-तनहुँ जोड्ने सडकका लागि ४२ करोड बिनियोजन ।
आँधीखोला खवर/चापाकोट :
गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लको सक्रियतामा स्याङ्जा तनहुँ जोड्ने सडक निर्माणका लागि ४२ करोड विनियोजन भएको छ । सांसद मल्लको पहलमा दुई पालिका दुई जिल्ला जोड्ने प्रदेश स्तरिय कार्यक्रमबाट चापाकोट नगरपालिकाको दामाचौर हिलामराङ्ग खासा भन्ज्याँङ्ग घुर्पाल, हरिनासको दग्दी चित्रे हुँदै तनहुँ जोड्ने सडकका लागि बजेट विनियोजन भएको हो ।
सांसद मल्ल नेपाली काँग्रेस स्याङ्जा क्षेत्र नं २ ख बाट निर्वाचित हुनुभएको हो । यस सडकका लागि टेन्डर आब्हान भईसकेको र सुरुमा ११ किलोमिटर पिच गरिने र त्यस पछि पुन बजेट बिनियोजन गरिने प्रदेश साँसद मल्लले जानकारी दिनुभयो । उक्त सडक निर्माण हुना साथ पछाडि परेको बस्ती चापाकोटको हिलामराङ्ग खासा भन्ज्याँङ्ग घुर्पाल हरिनासको गैर्हाखोला दग्दी क्षेत्रका जनता प्रत्यक्ष लाभान्वित हुने बताईएकोछ । तनहुँको भिमाद हुँदै छोटो दुरिमा काठमाडौ पुगिने र भाडा पनि निकै कम पर्ने हरिनास तथा चापाकोट क्षेत्रका बासिन्दाको वुझाईछ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


