पुतलीवजार—७ मा सञ्चालित स्वास्थ्य शिविरबाट ६३७ जना लाभान्वित ।
आँधीखोला खवर/ स्याङ्जा :
पुतलीबजार नगरपालिका वडा नम्बर ७ को आयोजनामा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ६ सय ३७ जना विरामी लाभान्वित भएका छन् ।
कास्की मोडेल अस्पतालसँगको सहकार्यमा सञ्चालन गरिएको शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको वडाध्यक्ष विशेश्वरप्रसाद रेग्मीले बताउनुभयो ।
शिविरमा प्रोटिन तथा सुगर जा“च गरी मृगौला रोग सम्बन्धि विशेष उपचारमा सहयोग गरिएको थियो । निशुल्क रुपमा गाँउ मै खकार परिक्षण गरी क्षयरोग बारे जानकारी लिन पाउदा वडावासी निक्कै खुशी भएका थिए ।
शिविरमा चिनी रोगका ६५ जना, उच्च रक्तचापका ९०, छातीका ४०, ग्याष्ट्रिकका ९५, भाइरल ज्वरो ३०, नशा च्यापिएका हड्डी खिइएका ६०, बाथरोग सम्बन्धि २५, आङ् खस्ने समस्याका १५, तल्लो पेट दुख्ने ६०, सेता पानी बग्ने र संक्रमण भएका ४५ जनाले परीक्षण गराएका थिए । यसैगरी दा“ज, छाला सम्वधी समस्या, घामको एलर्जी, लुतो, लगायतको उपचार गराइएको थियो ।
निमोनिया, भाइरल ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका ५५ जना विरामीले सेवा लिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार शिविरमा ६ जना चिकित्सको उपस्थिति रहेको थियो भने, करिब ३ लाख ५० हजार बराबरको निःशुल्क औषधी वितरण गरिएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


