दुवै मिर्गौला फेल भएका ओलीलाई सहयोग

काठमाडौं– दुबै मिर्गौला फेल भई उपचाररत रोल्पाका डिलाराम ओलीलाई सामाजिक अभियन्ता मुक्तिराज पौडेलले आर्थिक सहयोग गरेका छर्नु भएको छ । अभियान्ता पौडेलले ओलीलाई नगद रु २० हजार सहयोग गर्नु भएको हो ।
मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका ओली हाल त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराइरहनु भएको छ ।

सहयोग पछि ओली सँगै तस्विर खिचाउदै अभियान्ता पौडेल (दायाँबाट पहिलो)

ओलीका परिवार तथा विभिन्न सामाजिक संघसंस्थाले उपचारका लागि सहयोगको याचना गरिरहेका बेला पौडेलले आफ्नो अभियान बिरामी भेट्न अस्पताल जाँदा नगद सहयोग प्रदान गर्नु भएको हो ।

Facebook Comments Box
TOP