ठगी तथा चोरी कार्यमा संलग्न युवक पक्राउ ।

२०७६।१।२३ गते चोरी तथा ठगी सम्बन्धी (1)

बीना गैह्रे/वालिङ :
ठगी तथा चोरी कार्यमा संलग्न रहेका युवक पक्राउ परेका छन् । स्याङ्जाको कालीगण्डकी गाउपालिका वडा नं. २ बस्ने २६ वर्षीय सन्तोष परियार पक्राउ परेका हुन् । उनलाई कालीगण्डकी गाउँपालिका वडा नं. ७ मिर्मिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
उनले २०७५ चैत ७ गते विरुवा १ बस्ने ५५ वर्षीय तुल बहादुर खड्का सँग भलिबल खेलाडी छोरा महेश थापाको नाममा ४ लाख रुपैँया आएकाले ७० हजार रुपैँया डिपोजिट गर्न फोन मार्फत आग्रह गरी खड्कासँग ७० हजार रुपैँया लिएर फरार रहेका थिए ।


यस्तै २०७६ वैशाख १३ गते वालिङ ८ को राम मोटरसाइकल ग्यारेजबाट वालिङ ९ बस्ने विक्रम गैह्रेको ग ९ प ५२१० नं. को मोटरसाइकल समेत चोरी गरेका थिए । चोरी भएको मोटरसाईकल वैशाख १८ गते मिर्मिमा फेला परेको थियो भने चोरी गर्ने सन्तोष परियारलाई २० गते मिर्मीबाट नै पक्राउ गरिएको हो । जिल्ला अदालत स्याङ्जामा पेश भएका परियारलाई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुर र डाँका तथा चोरी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
TOP