टक्सारमा आईपिएम पाठशाला सम्पन्न ।
भवानी अधिकारी/ स्याङजा :
पुतलीबजार नगरपालिका वडा नं. ६ टक्सारमा १६ हप्ते आइपीएम (एकिकृत सत्रुजीव ब्यवस्थापन )कृषक पाठशाला आजदेखि सकिएको छ । पाठशालाको समापन कार्यक्रममा बोल्दै पुतलीबाजर
नगरकार्यपालिकाका आर्थिक विकास समितिका संयोजक बाबुकाजी जीटीले किसानले आफना रुची बमोजिमका खेती लगाई आर्थिकोपार्जन गर्नुपर्ने बताउदै किसानका उत्पादनलाई बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा कृषि सल्लाहकार ख्यामनारायण चापागाई, नगर सदस्य सीता भुजेल, सहभागी सरिता नेपाली लगायतले किसानका मर्म र भावना बुझेर राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कृषक समूहका अध्यक्ष कमला गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषक हुमबहादुर गुरुङ्ले स्वागत एवं जेटीए कमला जैसीले संचालन गर्नुभएको थियो ।
बिउ जमाएदेखि टिप्ने अवस्थासम्म संचालन गरिएको १६ हप्ते तालिममा २५ जना किसानको सहभागीता थियो । पाठशालामा गोबिन्दप्रसाद शर्मा र हुमबहादुर कुमालले प्रशिक्षण दिनुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


