जापानी राजाद्वारा गद्दी त्याग
जापानी राजा आकिहितोले मंगलबार राजगद्दी त्यागेका छन् । गद्दी त्यागसँगै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा पनि गरिएको छ ।
तीन दशकसम्म चलेको हेइसी युग राजा आकिहितोले गद्दी त्यागसँगै अन्त्य भएको हो । विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो ।
गद्दीत्याग गर्ने क्रममा जापानी राजा आकिहितोले जापान र विश्वका सबै जनताको शान्ति र खुशीको कामना गरेका छन् ।
बुधबारबाट जापानका युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्नेछन् । त्यसदिन जापानमा नयाँ शाही युगको शुरुवात हुनेछ । यो युगको नाम ‘रेईवा’ दिइएको छ । जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ ।
८५ वर्षीय आकिहितोले केही वर्ष अगाडीदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
२ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


