जबरजस्ती करणी पश्चात फरार रहेका प्रतिबादी पक्राउ ।
बीना गैह्रे/ वालिङ :
जबरजस्ती करणी गरी फरार रहेका प्रतिबादी पक्राउ परेका छन् । स्याङ्जाको वालिङ ८ बस्ने ४१ वर्षीय लेखनाथ शर्मा पक्राउ परेका हुन् । स्याङ्जाको वालिङ ८ बस्ने २१ वर्षीय नाम परिवर्तित झलाङ्दी क लाई प्रलोभनमा पारी जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
२०७५ फागुन २२ गते जवरजस्ती गरेको भन्दै झलाङ्दी क ले वडा प्रहरी कार्यालय वालिङमा दिएको किटानी जाहेरीको जानकारी पाई फरार रहेका प्रतिवादी शर्मालाई खोजतलासको क्रममा बुधबार वालिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका शर्मालाई जिल्ला अदालत स्याङ्जामा पेश गरी ३ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।
समाचार
थप सामाग्री
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
४ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेसका युवा नेता तथा उद्यमी भरतराज ढकालले पार्टीको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको…


