जबरजस्ती करणी पश्चात फरार रहेका प्रतिबादी पक्राउ ।
बीना गैह्रे/ वालिङ :
जबरजस्ती करणी गरी फरार रहेका प्रतिबादी पक्राउ परेका छन् । स्याङ्जाको वालिङ ८ बस्ने ४१ वर्षीय लेखनाथ शर्मा पक्राउ परेका हुन् । स्याङ्जाको वालिङ ८ बस्ने २१ वर्षीय नाम परिवर्तित झलाङ्दी क लाई प्रलोभनमा पारी जवरजस्ती करणी गरेको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।
२०७५ फागुन २२ गते जवरजस्ती गरेको भन्दै झलाङ्दी क ले वडा प्रहरी कार्यालय वालिङमा दिएको किटानी जाहेरीको जानकारी पाई फरार रहेका प्रतिवादी शर्मालाई खोजतलासको क्रममा बुधबार वालिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरिक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । पक्राउ परेका शर्मालाई जिल्ला अदालत स्याङ्जामा पेश गरी ३ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


