छायाँक्षेत्र शिव मन्दिर सेवा समिति छाङछाङदीको २३ औँ साधारणसभा सम्पन्न ।
कला राना/ वालिङ :
छाङछाङदी छायाँक्षेत्र शिव मन्दिर सेवा समिति छाङछाङदी भीरकोट ४ को २३ औँ साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्दै भीरकोट नगरप्रमुख छायाराम खनालले छाँयाक्षेत्र मन्दिर स्याङ्जाकै पहिचानको रुपमा रहेको भन्दै मन्दिरको दीर्घकालिन संरक्षण र सर्वद्धनको आवश्यकतामा जोड दिनुभयो । साथै उहाँले यहाँ धार्मिक पर्यटनहरुलाई भित्र्याउन सकिने भन्दै पर्यटन आगमनमा वृद्धि हुनु पनि विकासको एक महत्वपुर्ण पक्ष रहेको बताउनुभयो । साथै उहाँले स्थानीय सरकारबाट मन्दिर संरक्षणका लागि गर्नुपर्ने सहयोग निरन्तर रहने आश्वासन दिनुभयो ।
कार्यक्रममा कांगे्रसका पुर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मी, मन्दिरका सल्लाहकार गोविन्दकुमार कर्माचार्य, डिलबहादुर श्रेष्ठ, पण्डित प्रकाश तिवारी, भीरकोट १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता दिपेन्द्र केसी, २ का अध्यक्ष कमल त्रिपाठी, ३ का अध्यक्ष बाबुराम श्रेष्ठ, ५ का अध्यक्ष यामप्रसाद अधिकारी, ४ का कार्यबहाक अध्यक्ष टंकप्रसाद श्रेष्ठ, आजिवन सदस्य मेघराज गैह्रे, समाजसेवी कर्णबहादुर श्रेष्ठ, कांगे्रसका क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, नेकपा भीरकोट नगर सचिव विश्वनाथ अर्याल लगायतले मन्दिरलाई बाह्य पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा सचिव कृष्णप्रसाद श्रेष्ठले सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
मन्दिरले आर्थिक वर्ष २०७५÷०७६ को अनुमानित आय ३९ लाख ७०हजार र व्याय ३८ लाख ४० हजारको प्रतिवेदन पेश गरिएको थियो भने २०७४÷०७५ को ३० लाख २८ हजार ५ सय रुपैँयाको आयव्याय सार्वजानिक गरेको छ । मन्दिरका अध्यक्ष पिताम्बर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वरिष्ठ सदस्य नरबहादुर राना, सञ्चालन चक्रबन्धु रेग्मी र धन्यवाद लेखा संयोजक रत्नप्रताप श्रेष्ठले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


