चापाकोटमा १० दिने नेतृत्व बिकास तथा उद्घोषण तालिम शुरु ।
माधव भट्टराई / चापाकोट :
चापाकोट नगरपालिका १० बारीकुनामा आईतवारबाट १० दिने नेतृत्व बिकास तथा उद्घोषण तालिम शुरु भएको छ । कुवाकोट आमा समुहले आयोजना गरेको तालिमको उद्घाटन गर्दै चापाकोट नगरपालिका नगर प्रमुख शिव कुमार गिरीले तालिमले सहभागीलाई नेतृत्व लिन सक्षम बनाउनेमा विश्वास व्यक्त गर्नु भयो ।
कुवाकोट आमा समुहका अध्यक्ष सरस्वती मल्लको अध्यक्षता सम्पन्न भएको कार्यक्रममा स्वागत नेत्र कुमारी सेन र सञ्चालन सुमी रानाले गर्नु भएको थियो । ५० जनाको सहभागिता रहेको तालिममा माधव भटराइ ,खगेन्द्र भण्डारी ,विश्व भटराइ ,जीबन डोटेल, दिबस भण्डारी लगाएत ले सहजीकरण गर्नु हुने छ ।
यसैवीच चापाकोट नगरपालिकाले वडा अध्यक्ष तथा वडा सचिवको क्षमता बिकासका लागि ३ दिने कार्यक्रम शुरु गरेको छ । कार्यक्रममा चापाकोट नगर प्रमुख शिव कुमार गिरिले सबैको क्षमता बिकास भएमा मात्रै काम गर्न सहजता आउने बताउनुभयो । कार्यक्रममा चापाकोट नगरपालिका प्रमुख प्रसाशकीय अधिकृत मोहन कुमार श्रेष्ठ, सूचना अधिकृत बिन्दु कोइराला, जीबन डोटेल लगायतले बोलेका थिए । कार्यक्रममा दश वटै वडाका अध्यक्ष तथा सचिवहरुको सहभागिता रहेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


