गल्कोट माविले मनायो ५९ औं वार्षिकोत्सव
टिकाराम अधिकारी/गल्याङ
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ११ जिमुहा स्थित गल्कोट माध्यमिक विद्यालयको ५९ औँ वार्षिकोत्सव अभिभावक दिवस एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएकोछ ।
कार्यक्रममा वोल्दै गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख केदार राज आचार्यले अहिलेको शिक्षा प्राविधिक र समयानुकुल हुनु पर्ने कुरा बताउनु भयो । उहाँले शिक्षक तथा विद्याथी दुवै सूचना प्रविधिसंग जोडिएर अगाडी वढ्नु पर्नेमा जोड दिनुभयो ।

गल्कोट माध्यमिक विद्यालय
विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र देव खनाल,शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेश शर्मा, विद्यालय व्यवस्थापन समितिका पूर्ब अध्यक्ष सूर्य प्रसाद डुम्रे, जिमुहा शितभण्डारका अध्यक्ष रुमलाल कंडेल, ढक कुमारी अधिकारी अक्षकोषका संरक्षक कोपिलदेव अधिकारी लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद भट्टराईले विद्यालयको शैक्षिक तथा भौतिक प्रगती प्रतिवेदन र ९९ लाख ५६ हजार बरावरको आयव्यय प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु राधिका हमाल, भिमा गुरुङ्, रतन गैह्रे लगायतको सागितिक प्रस्तुती रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर देव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शिक्षक याम प्रसाद वस्यालले र सञ्चालन शिक्षक लिलाराम ज्ञवालीले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


