गरिवी निवारणका लागि भिरकोट—५ मा उघुउद्यम तालिम

आँधीखोला खवर/ भिरकोट :
गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्र्तगत भीरकोट नगरपालिका ५ स्वरेक भञ्याङमा अगरबत्ती बनाउने तालिम शुरु भएको छ । ७ दिने अगरबत्ती बनाउने सिप विकास तालिम शुरु भएको हो । तालिमको उद्दघाटन गर्दै वडा अध्यक्ष यामप्रसाद अधिकारीले आर्थिक विकासका लागि लघुउद्यम विकास कार्यक्रम आवश्यक रहने भन्दै गरिवी निवारण नहुँदासम्म समृद्धि हासिल गर्न नसकिने बताउनुभयो ।


साथै उहाँले स्थानीयले उत्पादन गरेका उपजहरुलाई बजारीकरणको लागि वडा तथा नगरले व्यवस्थापन गर्ने भन्दै सिपलाई व्यवहारमा कार्यान्वयन गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा १५ जनाको सहभागिता रहेको छ । कार्यक्रममा वडा सदस्य सुवेदार कृष्णबहादुर थापा, सहभागि कुलदिपा लम्साल, कमला सेनलगायतले बोल्नुभएको थियो । शोभाकान्त पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत गोमा तिवारी भण्डारी र सञ्चालन कमला अधिकारीले गर्नुभएको थियो ।

Facebook Comments Box
TOP