गणतन्त्र दिवसको अवसर पारेर चापाकोट क्याम्पसका विद्यार्थीलाई कलम वितरण ।

आँधीखोला खवर / चापाकोट :
चापाकोट बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले गणतन्त्र दिवसको अवसर पारेर विद्यार्थीलाई कलम वितरणका गर्नुका साथै शुभकामना आदनप्रदान गरिएको छ । गण्तन्त्रलाई मजबुद बनाउन बन्दुक बोकेर होईन कलम बोकेर हिडेमात्रै सम्भव हुन्छ भन्ने उदेश्यले विद्यार्थीहरुलाई कलम वितरण गरिएको हो । विद्यार्थी राजनीतिबाटै बन्दुक भन्दा कलम बोक्न सिकाउनु पर्ने भन्दै चापाकोट स्ववियूले विद्यार्थीलाई कलम प्रदान गरेर रचनात्मक काम गरेको जनाएको छ । विभिन्न कालखण्डमा गरिएको आन्दोलनबाट धेरै शहिद गुमाएको स्मरण गर्दै स्ववियू सभापति सविनचन्द्र डोटेलले अब आन्दोलन गर्न नपर्ने गरी गणतन्त्रलाई संस्थागत बनाउने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा व्यक्त गर्नभयो । विद्यार्थी जीवनबाटै सकारात्मक सोचाई राख्ने अभियानको थालनी गर्नुपर्छ सभापति डोटेलले भन्नुभयो,“राजनीतिमा सकरात्मक सोचाई नभएकै कारण मुलुकले मुहार फेर्न सकेन ।” त्यसैले अब बन्दुक होईन कलम उठाएर देश विकासमा लाग्नु पर्छ डोटेलले भन्नुभयो ।
गणतन्त्र दिवसको अबसरमा विद्यार्थीलाई कलम वितरण गरेर सकरात्मक काम गरेको प्रति क्याम्पसका पुर्व क्याम्पस प्रमुख खेमराज भट्टराईले स्ववियुलाई धन्यवाद दिनुभयो । राजनीति नेतृत्व र अन्य क्याम्पसले पनि यस्तै शिक्षा अनुसरण गर्नुपर्छ भन्दै भट्टराईले जग बाटनै राम्रा कुराको थालनी भएमा घर बलियो हुने तर्क व्यक्त गर्नुभयो । पञ्चायत र राजतन्त्र फालेर ल्याएको गणतन्त्रमा जनता भन्दा नेता मोटाउने काम भएको प्रति ध्यानाकर्षण गर्दै भट्टराईले नेपाली जनतालाई फेरी आन्दोलन गर्न बाध्य नबनाउन आग्रह गर्नुभयो । कार्यक्रममा क्याम्पसका पूर्व प्रमुख खेमराज भट्टराई,प्रध्यापक रामु बस्याल, रवि पंगेनी, चण्डी पंगेनी, गुरु अर्याल, नेविसंघ इकाई सभापति शिशिर आचार्य, क्याम्पसका लेखापाल कृष्ण आचार्य लगायतका बक्ताहरुले गणतन्त्रमा हत्या हिंसा, भष्ट्रचार, महङ्गीले प्रशय पाउनु दुखद भएको बताए । कार्यक्रमको सञ्चालन विद्यार्थी नेता दिवस भण्डारीले गर्नु भएको थियो । क्याम्पसमा अध्यनरत सबै विद्यार्थीलाई स्ववियूले कलम वितरण गरेको थियो ।

Facebook Comments Box
TOP