क्रिष्टियानो रोनाल्डोलाई अर्काे संकट

ronaldo

 शुक्रबार, चैत २२, २०७५ मा प्रकाशित

ronaldo

एजेन्सी । चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डो केही न केही विबादमा परिरहन्छन् । पछिल्लो समय उनी एक अमेरीकी मोडललाई बलात्कार गरेको आरोप लागेपछि विवादमा तानिए । मिटु अभियान चलिरहेकै बेला लागेको बलात्कारको आरोप सेलाउन नपाउँदै उनी फेरी अर्को विबादमा तानिएका छन् ।

एक जर्मन पब्लीकेशनलाई आफ्ना विरुद्द वित्तिय सुचनाहरु प्रकाशन गर्न बन्देज लगाउन माग सहित हालेको मुद्धामा रोनाल्डो पराजित भए । अदालतबाट पराजित भएको खबर बाहिरिएपछि उनी बिवादमा तानिएका हुन ।

जर्मन पब्लिकेशन कम्पनी डेर स्पिएगेलले २०१६ मा क्रिष्टियानो रोनाल्डोका वित्तिय क्रियाकलापका बारेमा समाचार प्रकाशित गरेको थियो । उक्त पब्लिकेशनले क्रिष्टियानो रोनाल्डोलाई कर चोरी गरेको आरोप समेत लगाएको थियो । सो पब्लिकेशन हाउसले रोनाल्डोले १ सय ५० मिलियन यूरो कर चोरी गरेको हुन सक्ने भनी प्रकाशित गरेको थियो ।

रोनाल्डो तथा उनका कानुनी टिमले पब्लिकेशन विरुद्ध आफ्ना कुनै पनि वित्तिय सुचनाहरु छाप्न प्रतिबन्ध लगाउन माग गर्दै अदालतमा मुद्धा दायर गरेको थियो । तर आफैले दायर गरेको मुद्दामा उनी पराजित भए ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP