कालिका लघुवित्त हेलु शाखाको गोष्ठी सम्पन्न ।
आँधीखोला खवर/ हेलु :
कालिका लघुवित्त वित्तीय संस्था हेलुले केन्द्र प्रमुख तथा उपप्रमुखहरुको वार्षिक कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्बर ११ हेलुमा रहेको शाखाले आफ्नो समुहका केन्द्र प्रमुख तथा उपप्रमुखहरुको उपस्थितीमा गोष्ठी गरेको हो ।

कालिका लघुवित्तका सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशीले गोष्ठीको उद्देश्य र महत्वको बारेमा स्पष्ट पार्नुभयो । उहाँले छलफल र अन्तरक्रियामा उठेका गुनासो तथा समस्यालाई निराकरण गर्ने काम गर्नुभयो । त्यसैगरी कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्य नित्यानन्द तिवारीले अन्तक्र्रियामा आएका जिज्ञासा मेटाउदै लघुवित्त सेवाको प्रभावकारिता, आवश्यक्ताका बारेमा बताउनुभयो ।

गोष्ठीमा कर्जा तथा जोखिम व्यवस्थापन विभागका सहायक प्रकाश बहादुर बोगटीले संस्था,समुह र सेवाग्राहीको बिचमा सुमधुर सम्बन्ध स्थापित गर्न गोष्ठी आयोजना गरिएको बताउनुभयो । कालिका लघुवित्त वित्तीय संस्थाले छैठौं गोष्ठीको रूपमा हेलु शाखाको गोष्ठी सम्पन्न गरेको जनाएको छ । यसवर्ष ३० वटा गोष्ठी सम्पन्न गरिने संस्थाका योजना तथा अनुगमन प्रमुख याम प्रसाद अर्यालले जानकारी दिनुभयो ।
गोष्ठीमा संस्थाको हेलु शाखाका महिला तथा युवा विकास केन्द्रका प्रमुख, उपप्रमुख एवं प्रतिनिधि गरी ४० जना भन्दा वढीको सहभागीता रहेको युवराज अर्यालले जानकारी दिनुभयो ।
हेलु शाखा अन्तर्गतको मिलिजुली कालिका महिला विकास केन्द्रकी प्रमुख भवानीदेवि ढकाल क्षेत्रीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


