कानुनी सहायता सम्वन्धी अन्तक्रिया सम्पन्न ।
आँधीखोला खवर/ स्याङजा,
कानुन, न्याय तथा संसदिय मामिला मन्त्रलायलले स्याङ्जामा कानुनी सहायताको प्रभाबकारीता सम्बन्धी अन्र्तक्रिया गरेको छ । आर्थिक रुपले बिपन्नलाई कानुनी सहायताको प्रयोग र प्रभाबकारीता बढाउन मन्त्रायलले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा जिल्ला न्यायधिस रमानाथ पौडेलले असाहय र असमर्थको सहयोगको लागि कानुनी सहायता कक्ष संविधानको ब्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रजिअ कोशहरी निरौला, पुतलिबजार नगरपालिकाका न्यायिक समिति प्रमुख महेश पुरी, अधिबक्ता तुलसी गिरी, बिष्णु प्रसाद उपाध्याय, जिवन रेग्मी, नारायण रेग्मी लगायतले धारण राख्नु भएको थियो । कार्यक्रममा मन्त्रायलका उपसचिब अरुण जोसी, जिल्ला न्याधिबक्ता असोक राज रेग्मीले निशुल्क कानुनी सहायता सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा मन्त्रायसका उपसचिब बिनोद कुमार भट्राईले कार्यक्रमको उदेश्य र प्रभाबकारीताका बिषयमा प्रकाश पार्नु भएको थियो । मन्त्रायका सहसचिब हुम बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शाखाँ अधिकृत मुना राउतले गर्नु भएको कानुनी सहायता अधिबक्ता पारसमणी पाण्डेले जानाकारी दिनुभयो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


