ऐतिहासिक श्रवणकुमार अन्धाअन्धीदह जाने १५ सय मिटर पदमार्ग तयार ।

आँधीखोला खवर / आँधीखोला :
स्याङ्जाको आँधीखोला गाँउपालिकामा पर्ने ऐतिहासिक श्रवणकुमार अन्धाअन्धीदह सम्म पुग्ने १५ सय मिटर पदमार्ग तयार भएको छ । पर्यटककीय एवं एतिहासिक धार्मिक क्षेत्रको रुपमा परिचित अन्धाअन्धीदह आँधीखोलाको मुहान समेत हो । आँधीखोला गाँउपालिका वडा नम्वर २ को टापुबाट दह सम्म पुग्नको लागि व्यवस्थित पदमार्ग तयार गरिएको गाँउपालिकाका अध्यक्ष सुधीर पौडेलले जानकारी दिनुभयो ।
अन्धाअन्धी श्रवणकुमार पर्यटन गुरु योजना कार्यान्वयन कार्यक्रमको रु २० लाख, नेपाल पर्यटन वोर्डको रु ५ लाख र आँधीखोला गाँउपालिकाको रु १० लाख गरी रु ३५ लाखको लागतमा १५ सय मिटरको व्यवस्थित पदमार्ग निमार्ण भएको हो त्यस्तै गण्डकी प्रदेश सरकारले ४ सय मिटर पदमार्ग निर्माण गर्न शुरु गरिसकेको आँधीखोला गाँउपालिकाका अध्यक्ष पौडेलले जानकारी दिनुभयो । उहाँले पदमार्ग निर्माण पश्चात आँधीखोला गाँउपालिकामा आर्थिक क्रियाकलाप वढ्ने जानकारी दिनुभयो । ऐतिहासिक एवं पर्यटकीय क्षेत्र भएकाले समग्र स्याङजा कै आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने अध्यक्ष पौडेलको विश्वास छ ।
बाटो व्यवस्थित नहुँदा समेत पर्यटकको चाप हुने गरेको बताउदै गाँउपालिकाका उपाध्यक्ष शर्मिला पौडेलले बाटोे निर्माण पछि पर्यटक निक्कै वढ्ने दावी गर्नुभयो ।
श्रवण कुमारले आफ्ना अन्धा वुवा आमालाई बोकेर हिडेका र उक्त क्षेत्रमा आईपुग्दा पानीको प्यास लागे पछि पानी खोज्ने क्रममा राजा दशरथको बाणबाट छोरा श्रवण कुमारको ज्यान गए पछि अन्धा वुवा आमा रुँदा रुदै आँधी बनेको विश्वास गरिन्छ । चर्चित आँधीखोलाको मुहान नै अन्धाअन्धी दह हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


