आईसीसी टी-२० वरीयता : अलराउण्डरतर्फ पारस खड्का राेहित शर्मा र आन्द्रे रसेलभन्दा माथि
काठमाण्डाै – आईसीसीले सार्वजनिक गरेको नयाँ टी-२० वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका तीन खेलाडी परेका छन् । नयाँ वरीयतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मीले स्थान बनाएका छन् ।
वरीयताको अलराउण्डरतर्फ कप्तान पारस ३८ औंँ स्थानमा रहेका छन् । कप्तान पारस वरीयतामा यथावत रहेका हुन् । ७६ अंक पाएका कप्तान पारसको यो करियरकै ठूलो वरीयता हो ।
अलराउण्डरतर्फ ६० अंक पाएका सोमपाल एक स्थान सुधार गर्दै ४९ औंँ स्थानमा उक्लिएका छन् । यसअघि सोमपाल ५० औं स्थानमा रहेका थिए ।
यस्तै कप्तान पारस ब्याटिङतर्फ तीन स्थान तल झरेका छन् । पारस ९५ औंँ स्थानमा रहेका छन् । अघिल्लो महिना पारस ९२ औंँ स्थानमा थिए ।
बलिङको वरीयतामा सोमपाल र बसन्तले सुधार गरेको छ । समान ४०९ अंक पाएका सोमपाल ६८ र बसन्त ६९ औंँ स्थानमा रहेका छन् । यसअघि सोमपाल ७० र बसन्त ७१ औं स्थानमा रहेका थिए ।
आईसीसी टिम वरीयतामा नेपाल १४ औं स्थानमा यथावत रहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


